• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ८. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

काठमाडौँ महानगरका १० वटा वडाका ५०९ वटा स्थानको मौलिक नाम यकिन

  •   सोमबार, फागुन ११, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । काठमाडौँ महानगरका १० वडाभित्रका ५०९ वटा स्थानका प्राचीन र मौलिक नाम निश्चित भएका छन् । सम्पदा तथा पर्यटन विभागले एकीकृत सहरी विकास केन्द्रसँगको सहकार्यमा यसअघि २ चरणमा गरेको अध्ययनबाट ४३० वटा मूल नाम र ७९ वटा सहायक नाम एकिन गरेको हो । तेस्रो चरणमा थप ८ वटा वडाहरुको मौलिक र प्राचीन नाम अध्ययन गर्ने सम्झौता अवसरमा यस सम्बन्धी जानकारी दिइएको हो ।

    तेस्रो चरणको अध्ययनका लागि कार्यवाहक प्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ र सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतको रोहबरमा सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राई र एकीकृत सहरी विकास केन्द्रका कार्यकारी निर्देशन रिजा जोशीले हस्ताक्षर गर्नुभएको हो । यस चरणमा वडा नं. १२, १३, १५, २१, २२, २३, २७ र २८ का वस्ती तथा स्थानहरुको मौलिक नामको अध्ययन गरिनेछ ।

    सम्झौता अवसरमा कार्यवाहक प्रमुख डंगोलले, नाम केवल बोलाउनका लागि प्रयोग गरिने शव्द मात्र नभएको उल्लेख गरिन । उनले भनिन्- ‘हरेक नामको पछाडि केही न केही तथ्य हुन्छ । इतिहास, संस्कृति, सभ्यता तथा समाजको कथा हुन्छ । यसकारण नाम राख्ने र प्रचलनमा ल्याउने कामलाई हलुका रुपमा लिन हुँदैन । परिचय पाटी राख्दा दृश्य प्रदुषण हुने गरी नराख्नुहोला । सकेसम्म पहिलेकै ठाउँमा राख्नुहोला । नत्र भए हेर्दा आँखा नविझाउने, अरुलाई असर नपार्ने ठाउँमा राख्नुहोला ।’

    पहिलो चरण र दोस्रो चरणमा भएका काममध्ये पहिचान भएका ठाउँमा परिचय पाटी राख्ने काम तत्काल सक्नु पर्नेमा जोड दिँदै सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले भने- ‘नाम लेख्दा एउटै शव्दको प्रयोग गर्नुहोला । इन्द्रचोकमा राखिएको बोर्डमा इन्द्रचोक पनि राखियो । वंघ पनि राखियो । यसरी नाम राख्दा हामीले फिर्ता गर्न खोजेको इतिहास स्थापित गर्न कठिन हुन्छ । त्यसैले, प्राचीन र मौलिक नाम नै परिचय पाटीमा राख्नुपर्छ ।’ अध्ययन गर्दा प्राप्त भएका कथ्य तथ्यलाई लिखित प्रमाणमा आधारित बनाउन प्रयत्न गर्नु पर्ने, नामलाई स्थानीयले अपनत्व ग्रहण गर्न सक्ने हुनुपर्नेमा संगतको जोड थियो ।

    विभागका प्रमुख राईका अनुसार यसअघि पहिलो चरणमा वडा नं. ५, ६, ७, १८, २४ को र दोस्रो चरणमा वडा नं. ८, १७, १९, २०, र २५ मा अध्ययन भइसकेको छ । अध्ययनका क्रममा वडाभित्र भएका धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्वमा आधारित स्थान तथा वस्तीहरुको मौलिक एवं प्राचीन नामांकरण सम्बन्धी अध्ययन तथा अभिलेखीकरण भएको हो ।

    अध्ययनका क्रममा धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व भएका टोल, बस्ती, मठ, मन्दिर, वहाल, वही, धारा, सत्तल, पाटीहरुको अध्ययनबाट प्राचीन नाम पत्ता लगाइन्छ । यसरी पाइएका नामहरुलाई स्थानीयबासी, समुदाय, संस्कृतिविद, पुरातत्वविद, भाषाविद् तथा इतिहासविदहरुसँग नाम पुष्टि गराइन्छ ।

    वडा नं. ५ हाँडीगाउँका नामले परिचित छ । यस ठाउँको प्राचीन नाम नरः हो । यस क्षेत्रभित्रका विभिन्न ५२ वटा ठाउँको मौलिक नाम भेटिएको छ । वडा नं. ६ बौद्धको प्राचीन नाम खस्योरः/खास्ती हो । यस क्षेत्रभित्रका ५० वटा प्राचीन नाम भेटिएका छन् । वडा नं. ७ चाबहिलको प्राचीन नाम चावहीः हो । यस क्षेत्रमा ७१ वटा ठाउँको प्राचीन नाम पाइएको छ । वडा नं. १८ नरदेवीको प्राचीन नाम ङेतः हो । यस क्षेत्रभित्रका ३६ वटा ठाउँको मौलिक नाम पाइएको छ । वडा नं. २४ मखनका नामले परिचित ठाउँको प्राचीन नाम मखं हो । यस क्षेत्रका ४९ वटा मौलिक नाम पाइएका छन । ०८० साल जेठ १८ गतेदेखि मंसिर मसान्तसम्म पहिलो चरणमा यी वडाहरुको अध्ययन भएको गियो ।

    २०८१ बैशाख ९ गतेदेखि असोज मसान्तसम्म दोस्रो चरणको अध्ययन भयो । यस चरणमा अध्ययन गरिएको वडा नं. ८ जयबागेश्वरीको प्राचीन नाम पनि जयवागेश्वरी नै हो । महालक्ष्मी, महाकाली र महासरस्वतीका शक्ति मिलेर उत्पत्ति भएकी जयवागेश्वरी तान्त्रिक देवी हुन् । यस वडामा मूल १८ वटा र सहायक ४४ वटा गरी ६२ वटा ठाउँको मौलिक नाम पाइएको छ ।

    वडा नं. १७ धोवी चौरको प्राचीन नाम येँपिख्यः हो । यस वडाभित्रका २३ वटा ठाउँको मौलिक नाम पाइएको छ । वडा नं. १९ दमाइटोलका नामले परिचित छ । यस क्षेत्रको प्राचीन नाम दमै टोल हो । यस वडाभित्र मुल ३८ तथा सहायक ९ वटा गरी ४७ वटा वटा स्थान प्राचीन नामका पाइएका छन् । वडा नं. २० क्षेत्र भीमसेन स्थान हो । यस क्षेत्रको प्राचीन नाम तव हो । यस वडाभित्र ४९ वटा ठाउँको मौलिक नाम पाइएको छ । वडा नं. २५ मासंगल्ली कोे नाम मसां गल्ली हो । अध्ययनका क्रममा यस वडाभित्र मुल ४७ तथा सहायक २६ वटा गरी ७३ वटा वटा ठाउँको मौलिक नाम पाइएको छ ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.