हेटौँडा । हेटौँडा अस्पताललाई ५ सस्थाले स्वास्थ्य सामाग्री सहयोग गरेका छन । नेपाल भारत मैत्री संघको समन्वयमा एल आइ सि नेपाल , नेपाल एसबीआई बैंक ,एभरेस्ट बैंक ,एसियन पेन्ट र बर्जर पेन्ट लगायत ५ वटा संस्थाले संयुक्तरुपमा कोरोना भाइरसलाई लक्षित गरि विभिन्न प्रकारका स्वास्थ्य सामाग्री प्रदान गरेका हुन ।अस्पताललाई २ सय थान पीपीइ, १० थान आईसियु बेड तथा सामग्री, दुई थान अक्सिजन उत्पादन गर्ने मेसिन सहयोग गरिएको छ ।
उक्त सामग्री बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलाल,हेटौंडा अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष प्रकाश पौडेल,अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर प्रविण श्रेष्ठ लगायतको उपस्थितिमा हस्तानतरण गरिएको छ ।
हस्तानतरण कार्यक्रममा एल आइ सी नेपालका हेटौंडा शाखा प्रबन्धक जितेन्द्र साह,नेपाल एसबीआई बैंकका शाखा प्रबन्धक भरत प्रसाद अधिकारी लगायतको उपस्थिती रहेको थियो ।








