• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

लोडसेडिङ अन्त्य गरेर जनताको मन जितेपनि मत जित्न सकिएन- कुलमान घिसिङ

  •   मङ्गलबार, फागुन २६, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हालै सम्पन्न चुनावको परिणामप्रति आफ्नो प्रतिक्रिया व्यक्त गर्दै मतदाता, समर्थक र शुभेच्छुकप्रति हार्दिक धन्यवाद दिएका छन् । उनले भ्रष्टाचार र अनियमितताविरुद्ध उठेको जनआवाजपछि नयाँ शक्तिको रूपमा उदाएको पार्टीप्रति देशभरि माया, विश्वास र आशा देखाउने सबैले मतदान गर्नु भएकोमा विशेष कृतज्ञता व्यक्त गरेका छन् ।

    अध्यक्ष घिसिङले चुनाव अभियानमा अहोरात्र खटिएका पार्टीका नेता, कार्यकर्ता र सहयोगीप्रति आभार व्यक्त गर्दै विषम परिस्थितिमा चुनाव सफलतापूर्वक सम्पन्न गराउन योगदान दिएका प्रधानमन्त्री, मन्त्रिपरिषद्का सदस्य, सुरक्षा निकाय, कर्मचारी तथा सम्बन्धित सबैप्रति पनि धन्यवाद व्यक्त गर्दै यो चुनाव केवल राजनीतिक प्रतिस्पर्धा मात्र थिएन, यो भ्रष्टाचार, अनियमितता र अकर्मण्यताको विरुद्ध उठेको जनआवाजको परिणाम भएको उल्लेख गरेका छन् ।

    घिसिङले देशलाई नाराले होइन, दृष्टिकोण, योजना र कार्यसम्पादन गर्न सक्ने नेतृत्व आवश्यक रहेको बताउदै विकासको गतिविहीनता र निर्णय क्षमता कमजोर भएको कारण देशका धेरै योजना अलपत्र परेको, पुल निर्माणमा १५ वर्ष लाग्ने र ठेक्का लिएर पनि काम नगर्ने अवस्था रहेको उल्लेख गरेका छन् ।

    घिसिङले आफुले करिब ५८ प्रतिशत घरधुरीमा मात्र पुगेको विद्युत् हाल ९९ प्रतिशत घरधुरीमा पुर्‍याइएको र नेपाल विद्युत प्राधिकरणलाई पुनर्जीवित गर्दै देशलाई विद्युत् आयातकर्ताबाट निर्यातकर्ता बन्न सक्ने आत्मविश्वास दिलाइएको बताए ।

    उनले पार्टी काम र परिणाम दिने प्रतिबद्धतासहित चुनावमा होमिएपनि लोडसेडिङ अन्त्यजस्ता काम गरेर जनताको मन जिते पनि मतमा जीत हासिल गर्न नसकेको बताएका छन् । उनले चुनावमा हारलाई प्राविधिक विषय मात्र भएको बताउदै छोटो समयमै जनअभिमतमार्फत दिएको माया, विश्वास र सद्भाव पार्टीका लागि ऊर्जा र मार्गदर्शन बनेको उल्लेख गरेका छन् ।

    घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टीलाई भारी जनमत दिइएकोमा शुभकामना व्यक्त गर्दै जनताको परिवर्तन र आर्थिक समृद्धिको आकांक्षा पूरा गरी देशमा सुशासन कायम गर्न सफल बन्न कामना गरेका छन् । साथै सरकारले गर्ने राम्रा कामको समर्थन गर्ने र गलत काम भए सडकबाट रचनात्मक रूपमा खबरदारी गर्ने प्रतिबद्धता पार्टीले राख्ने बताए । चुनावको परिणामले निराश नभई उज्यालो नेपाल निर्माणको अभियानमा अझ सशक्त रूपमा अघि बढ्ने उनको प्रतिबद्धता रहेको छ ।

    हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा उज्यालो नेपाल पार्टीले प्रत्यक्षतर्फ कुनै सिट जित्न सकेन भने समानुपातिकतर्फ पनि निराशाजनक मत पाएको छ ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.