• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

प्रधानमन्त्री कार्कीले पद छोड्ने बेला गरेका निर्णय विवादमा, चौतर्फी आलोचना

  •   सोमबार, चैत ०२, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । आफ्नो जिम्मेवारीको अन्तिम समयमा रहेकी प्रधानमन्त्री सुशीला कार्कीले गरेका निर्णय विवादमा परेका छन् ।

    आइतबार बसेको मन्त्रिपरिषद्को बैठकबाट वर्तमान गृहमन्त्री ओमप्रकाश अर्याललाई रिक्त रहेको राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने र आफ्ना प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा मनोनीत गर्नें निर्णयको चौतर्फी आलोचना भएको छ ।

    यसअघि वामदेव गौतम राष्ट्रिय सभामा मनोनित भएका थिए । उनको कार्यकाल फागुन २० गते सकिएको छ । उनले कार्यकाल सकिनु केहीअघि राजीनामा दिएका थिए ।

    मन्त्रिपरिषदबाट सिफारिस भएका अर्याल राष्ट्रपति रामचन्द्र पौडेलबाट मनोनीत भएमा उनी ६ वर्ष सांसद हुनेछन् । राष्ट्रिय सभाका सांसद मन्त्री हुन पाउछन् तर प्रधानमन्त्री हुन भने प्रतिनिधि सभाको सदस्य हुनुपर्ने व्यवस्था छ ।

    अधिवक्ता रहेका अर्याल जेनजी आन्दोलनपछिको सरकारमा गृहमन्त्री छन् । जेनजी आन्दोलन अघि आर्याल काठमाडौँ महानगरमा तत्कालिन मेयर बालेन शाहको कानुनी सल्लाहकार थिए भने उनले रुपन्देही-३ मा त्यति बेला हुन लागेको उपनिर्वाचनमा बालेनकै समर्थनमा उम्मेदवारी समेत दिने तयारी गरेका थिए ।

    त्यस्तै राष्ट्रिय प्रकृति संरक्षण कोषको संरक्षकको हैसियतले प्रधानमन्त्री कार्कीले श्रेष्ठलाई पाँच वर्षका लागि उक्त पदमा मनोनीत गरेकी छन् । यसअघि ऐनबहादुर शाहीले राजीनामा दिएपछि उक्त पद रिक्त थियो ।

    यसअघि प्रमुख स्वकीय सचिव श्रेष्ठ प्रधानमन्त्रीको सचिवालयमा आफ्नी पत्नी संगीता श्रेष्ठसहितका आफन्तलाई नियुक्ति गरेको विषयमा विवादमा परेका थिए । चौतर्फी विवादपछि प्रधानमन्त्रीको सचिवालयमा नियुक्त गरिएका आफन्तलाई हटाइएको थियो ।

    असहज अवस्थामा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गरेर चौतर्फी प्रसंशा भइरहेको बेला यी दुई निर्णयले प्रधानमन्त्री कार्कीको आलोचना भएको छ । निर्वाचन सम्पन्न भइसकेको र नयाँ सरकार बन्नेक्रममै रहेकाले यस्ता नियुक्तिका निर्णय गरेर प्रधानमन्त्री कार्कीले जादा जादै विवादित निर्णय गरेकी छन् । धेरैले सामाजिक सञ्जाल र मिडियामा दुवै नियुक्तिको आलोचना गरेका छन् । गृहमन्त्री अर्यालले पनि मौकाको फाइदा उठाएको भन्दै आलोचना बेहोरेका छन् ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.