हेटौँडा । सिरहाको बन्दीपुरमा सम्पन्न राष्ट्रव्यापी आमन्त्रित उपमेयर प्रशिक्षणात्मक फुटबल प्रतियोगिताको उपाधी हेटौंडाको एफसी मुण्डियाल क्लबले हात पारेको छ। सोमबार काठमाडौंको चर्च ब्वाइज क्लबसँग सम्पन्न फाइल खेलमा चर्च ब्वाइजलाई २–० गोलअन्तरले पराजित गर्दै हेटौंडाका एफसी मुण्डियालले उपाधी हात पारेको हो ।अमीर श्रेष्ठको कप्तानीमा मैदानमा उत्रिएको मुण्डियाललाई जिताउन रबी थिङ र हमजतले एक-एक गोल गरेका थिए । विजयी बनेसगै मुन्डियालले नगद २ लाख २२ हजार २सय २२ रुपैयाँ प्राप्त गरेको छ।उपविजेता चर्च ब्वाईजले १ लाख ११ हजार १ सय ११ रुपैयाँमा चित्त बुझाएको छ। त्यसैगरी प्रतियोगिताको उत्कृष्ट खेलाडी एफसी मुण्डियालका रक्षक जनक कार्की घोषित भए भने उत्कृष्ट गोलरक्षक एफसी मुण्डियालकै अनिष देउला घोषित भए ।विजयी खेलाडीहरुलाई पूर्वमन्त्री अजय नायक तथा कर्जन्हा नगरपालिका सिरहाका उपमेयर ज्ञानु श्रेष्ठ लगायतले पुरस्कृत गरेका थिए।








