• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

अटोमोबाइल क्षेत्रमा नीतिगत तथा प्रणालीगत सुधार गर्न अर्थमन्त्री वाग्लेसँग नाइमाको माग

  •   बुधबार, चैत २५, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । नेपाल अटोमोबाइल आयातकर्ता तथा उत्पादकहरूको संस्था नाइमाको प्रतिनिधिमण्डलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेट गरी अटोमोबाइल क्षेत्र सुधारका लागि विस्तृत सुझाव पेश गरेको छ । अध्यक्ष रितु सिंह वैद्यको नेतृत्वमा गएको टोलीले अर्थमन्त्री डा. वाग्लेलाई बधाई दिँदै नीतिगत तथा प्रणालीगत सुधारका विषय उठाएको हो ।

    भेटमा नाइमाले अटोमोबाइल क्षेत्रलाई विलासिता नभई आवश्यकताका रूपमा लिनुपर्नेमा जोड दिएको छ । स्थिर र पूर्वानुमान गर्न सकिने नीति आवश्यक रहेको बताउँदै करको भार घटाउने, कर प्रणाली सरल र सन्तुलित बनाउने तथा सवारी खरिदमा ८० प्रतिशतसम्म कर्जा र २० प्रतिशत अग्रिम भुक्तानीको व्यवस्था कायम गर्नुपर्ने माग गरिएको छ ।

    त्यसैगरी, भन्सार जाँचपासपछि पनि फरक व्याख्याका आधारमा बेरुजु उठ्ने समस्या देखिएको भन्दै स्पष्ट र एकरूप प्रणाली लागू गर्नुपर्ने नाइमाको भनाइ छ । भन्सार प्रक्रिया सहज बनाउने, परीक्षण पूर्वाधार विकास गर्ने, यातायात ऐन पुनरावलोकन गर्ने, डिजिटल प्रणाली एकीकृत गर्ने, सडक सुरक्षा र प्रदूषण नियन्त्रणमा ध्यान दिनुपर्ने विषय पनि उठाइएको छ। साथै, ‘नेपालमै बनाऔँ’ अवधारणाअन्तर्गत एसेम्बलिङ उद्योग प्रवर्द्धन र दीर्घकालीन नीति स्थिरता आवश्यक रहेको उल्लेख गरिएको छ ।

    विद्युतीय सवारीका लागि स्पष्ट र प्रोत्साहनमुखी नीति आवश्यक रहेको तथा हाइब्रिड सवारीलाई पनि उचित वर्गीकरण गरी न्यायोचित व्यवस्था गर्नुपर्नेमा नाइमाले जोड दिएको छ ।

    अर्थमन्त्री वाग्लेले नाइमाका सुझावहरू सान्दर्भिक रहेको बताउँदै निजी क्षेत्रसँग निरन्तर संवाद आवश्यक रहेको उल्लेख गरे । निजी क्षेत्र अर्थतन्त्रको मुख्य आधार भएको भन्दै सरकार कर प्रणालीलाई थप सन्तुलित र व्यवहारिक बनाउने दिशामा काम गरिरहेको जानकारी उनले दिए । प्रस्तुत सुझावहरूलाई आगामी नीति तथा कार्यक्रम तथा बजेटमा समेट्ने प्रतिबद्धता समेत उनले व्यक्त गरेको नाइमाले जानकारी दिएको छ ।

    यसैबीच नाइमाको टोलीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनील लम्सालसँग पनि भेट गरी अटोमोबाइल क्षेत्रका समसामयिक विषयमा छलफल गरेको छ । मन्त्री लम्सालले अटोमोबाइल क्षेत्रले राजस्व, रोजगारी र आर्थिक गतिविधिमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै संकलित करको केही हिस्सा सम्बन्धित क्षेत्रकै विकासमा पुनः लगानी गर्ने विषयमा सरकार सकारात्मक रहेको बताए। कार्यान्वयनयोग्य सुझावहरू छिट्टै अघि बढाइने आश्वासन पनि उनले दिए ।

    नाइमा अटोमोबाइल आयातकर्ता तथा उत्पादकहरूको साझा संस्था हो । यसले नीति सुधार, उद्योग प्रवर्द्धन र दिगो यातायात प्रणाली विकासमा सक्रिय भूमिका खेल्दै आएको छ । संस्थामा आबद्ध सदस्यहरूले ठूलो मात्रामा रोजगारी सिर्जना गर्नुका साथै राष्ट्रिय राजस्वमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका छन् ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.