चितवन । चितवनमा लागुपदार्थ सेवन -लापसे) गरी सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । ट्राफिक प्रहरीले जिल्लाका विभिन्न ठाउंँमा गरिएको नियमित चेकजांँचका क्रममा बिहिबार उनीहरुलाई नियन्त्रणमा लिईएको हो ।
कार्यालयका प्रमुख अनिल थापाले चितवनका विभिन्न ठाउंँमा स्वास्थ्यकर्मीको समन्वयमा गरिएको सवारी चेकजांँचका क्रममा १९ जना चालकले लापसे गरेर चलाएको जानकारी दिनुभयो ।
प्रमुख थापाका अनुसार दुईजना बस चालक , ७ जना मालबहाक ट्रकका चालक , पांँच जना माईक्रोबस चालक , २ जना टिपर चालक , एकजना अटो चालक , तीनजना मोटरसाइकल चालक, १ जना बोलेरो चालक , दुईजना कारचालक , र दुईजना ट्यांकर चालकलाई नियन्त्रणमा लिईएको हो ।
उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान र कारवाही प्रक्रिया अघि बढाईएको थापाले बताउनु भयो ।








