आबुखैरेनी। नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्र आँबु प्रशाखा कार्यालयका प्रमुख कृष्ण बहादुर आले मगर घुस रकम सहित रङ्गेहात पक्राउ परेका छन्। उनलाइ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलिले आज घुस रकम सहित रङ्गेहात पक्राउ गरेको हो। अहिले कार्यलयमै मुचुल्का उठाउने काम भैरहेकोले घटनाको थप विवरण आउन बाकी रहेको छ।








