• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

चितवनको छ पालिकाबाट कर दाता सेवा केन्द्र

  •   मङ्गलबार, बैशाख १५, २०८३ मा प्रकाशित
  • फाइल फोटो
    • अ
    • अ
    • अ

    चितवन । जिल्लाका छ वटा स्थानीय तहबाट करदाता सेवा केन्द्र सञ्चालनमा ल्याइएको छ। भरतपुर महानगरपालिकाबाहेक पाँच नगरपालिका र एउटा गाउँपालिकाबाट सेवा सुरु गरिएको हो। नेपाल सरकारको कात्तिक १७ गतेको निर्णयअनुसार खैरहनीस्थित करदाता सेवा केन्द्र हटाइएपछि त्यहाँबाट प्रदान हुने सेवा सम्बन्धित स्थानीय तहमार्फत सञ्चालन गर्ने व्यवस्था गरिएको हो।

    आन्तरिक राजस्व कार्यालय भरतपुरका प्रमुख पुण्यविक्रम खड्काका अनुसार रत्ननगर, कालिका र राप्ती नगरपालिकामा माघ महिनादेखि सेवा सुरु गरिएको थियो। त्यसपछि खैरहनी नगरपालिकाबाट सेवा विस्तार गरिएको हो। चैत १९ गते माडी नगरपालिकाबाट सेवा सुरु गरिएको थियो भने आजदेखि इच्छाकामना गाउँपालिकाबाट पनि सेवा उपलब्ध गराइने भएको छ।

    यससँगै आन्तरिक राजस्व विभागका सूचना प्रविधि निर्देशक पदमबहादुर भण्डारीले सम्बन्धित छवटै पालिकाका अधिकृत तथा सहायक स्तरका कर्मचारीलाई एकदिने तालिम प्रदान गरेका छन्। तालिममा प्रविधि प्रयोग, सेवा प्रवाह तथा कर प्रशासनसम्बन्धी विषयमा जानकारी गराइएको थियो।

    अब स्थानीय तहहरूले व्यक्तिगत तथा व्यावसायिक प्यान दर्ता गर्न, करदाता विवरण संशोधन गर्न, आयकरसम्बन्धी कारोबार बन्द गर्न, मूल्य अभिवृद्धि कर दर्ताका लागि सिफारिस गर्न र कर चुक्ता प्रक्रियामा सहजीकरण गर्न सक्नेछन्। साथै करदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न पनि उनीहरूले आन्तरिक राजस्व कार्यालयसँग समन्वय गर्नेछन्।

    यद्यपि करदाताको अनुगमन, अनुसन्धान तथा कर परीक्षणजस्ता कार्य भने आन्तरिक राजस्व कार्यालय भरतपुरबाटै गरिनेछ। भरतपुरमै कार्यालय रहेको कारण महानगरपालिकामा छुट्टै सेवा केन्द्र स्थापना गरिएको छैन। हाल उक्त कार्यालयमा ७४ हजार करदाता दर्ता रहेका छन्। चालु आर्थिक वर्षका लागि २९ अर्ब ८१ करोड ७७ लाख राजस्व संकलन गर्ने लक्ष्य राखिएकोमा अहिलेसम्म १८ अर्ब पाँच करोड ५० लाख संकलन भइसकेको छ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.