• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ९. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

  • १०. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

महानगरको स्तन र पाठेघरको मुखको क्यान्सर निःशुल्क परीक्षण: ६० जनाको एचपीभी पोजेटिभ देखियो

  •   मङ्गलबार, बैशाख २९, २०८३ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । काठमाडौँ महानगरले वीर अस्पतालको सहकार्यमा शुरु गरेको स्तन र पाठेघरको मुखको क्यान्सर निःशुल्क परीक्षण तथा प्रारम्भिक उपचारका क्रममा ६० जनाको रिपोर्टमा एचपीभी पोजेटिभ देखिएको छ ।

    महानगरले गत चैत १६ गतेदेखि वैशाख २१ गतेसम्ममा १ हजार ७ सय महिलाको पाठेघरको मुखको क्यान्सर जाँच गर्दा ६० जनाको रिपोर्टमा एचपीभी पोजेटिभ देखिएको हो ।

    महिलाहरुको स्तन र पाठेघरको मुखको क्यान्सर निःशुल्क परीक्षण तथा प्रारम्भिक उपचारका क्रममा एचपीभी जाँच गरिएका २ हजार ७७९ जना महिलामध्ये १ हजार ७ सय जनाको रिपोर्ट आएको छ । उनीहरुमध्ये १८ जनाको कल्पोस्कोपी गरिएको छ । रिपोर्टमा पोजेटिभ देखिएका महिलाहरुलाई हरेक वुधबार र शुक्रबार वीर अस्पतालमा बोलाएर कल्पोस्कोपी गर्ने गरिएको छ । यस्तै स्तन, पाठेघरको भिडियो एक्सरे र स्तनको मेमोग्रामका लागि तालिका मिलाएर विरामीहरुलाई बोलाउने गरिएको छ ।

    यसरी गरिने जाँच र प्रारम्भिक उपचारका लागि लाग्ने शुल्क महानगरपालिकाले व्यहोरेको छ भने सेवाग्राहीलाई जँचाएको र प्रारम्भिक उपचार गरेको कुनै शुल्क नलाग्ने महानगरले जनाएको छ । एचपीभी पोजेटिभ हुनु क्यान्सर हुनु होइन भने यसबाट संक्रमण भएर क्यान्सर हुन सक्ने जोखिम हुने बताइन्छ ।

    सिआइएन अर्थात् सर्भाइकल इन्ट्रापेथिलियल नियोप्लासिया क्यान्सरको प्रारम्भिक अवस्था हो र यो अवस्थाका ३ वटा तह (ग्रेड) हुन्छन् । पहिलो तहलाई सिआइएन वान, दोस्रोलाई सिआएएन टु र तेस्रोलाई सिआइएन थ्री भनिन्छ ।

    क्यान्सर परीक्षण गरिएको ३५ दिन अवधिमा ३ हजार ४९४ जनाले जाँच गराउन स्वास्थ्य प्रवर्धन केन्द्रमा नाम दर्ता गरेर रिफरल स्लिप लिएको जानकारी दिँदै कार्यक्रमका फोकल पर्सन चन्द्रा भट्टले, रिफरल स्लिप लिएका मध्ये २ हजार ९७५ जना मात्र जाँचका लागि अस्पताल पुगेको जानकारी दिएको बताइन ।

    जाँच गर्न पुगेका मध्ये (२ हजार ७७९ जनाको एचपीभी) सँगै २ हजार ९६४ जनाको स्तन क्यान्सर परीक्षण गरियो र उनीहरुमध्ये ४११ जनाको मेमोग्राम गरिएको छ । त्यस्तै ५९ जनाको पाठेघरको र ३६५ जनाको स्तनको गरी ४९४ जनाको भिडियो एक्सरे गरिएको थियो ।

    ४५ जनाको पाठेघरको मुखमा मासु पलाएको (सर्भाइकल पोलिप) देखिएको छ । २ जनाको पाठेघरमा पलाएको मासु फालिएको छ । ३ जनाको आङ् खसेको छ भने ८ जनामा पाठेघरको मुखमा संक्रमण (पीआइडी) देखिएको छ ।

    ह्युमन प्यापोलिमा भाइरस (एचपीभी) ५ बर्षदेखि १० बर्षसम्म रहिरह्यो भने पाठेघरको मुखमा क्यान्सरको जोखिम रहन्छ । ३० बर्षदेखि ६० बर्ष समूहका महिलाले हरेक ५ बर्षमा एकपटक यसको परीक्षण गराउनुपर्छ ।

    १ जनाभन्दा धेरै पुरुषसँग यौन सम्पर्क भएका, १६ बर्षभन्दा कम उमेरमा यौन सम्पर्क भएका, महिनावारी भएको पहिलो वर्षभित्रै यौन सम्पर्कमा भएका, एचआइभी जस्ता यौनजन्य संक्रमण भएका, ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) देखिएका, धुमपान गर्ने, प्रतिरक्षा प्रणाली कमजोर भएका, धेरैपटक गर्भवती भएका, कहिल्यै जाँच नगराएका महिलाहरुलाई पाठेघरको मुखको क्यान्सर हुने जोखिम धेरै हुन्छ ।

    स्तन क्यान्सर यही कारणले हुन्छ भन्ने तथ्य सार्वजनिक भएको पाइँदैन । तर, उमेर बढ्दै जाँदा (विशेषगरी ५० वर्ष काटेपछि) स्तन क्यान्सरको जोखिम देखिन्छ । यदि आमा, दिदीबहिनी वा छोरी कसैलाई स्तन क्यान्सर भएको छ भने अन्य सदस्यमा यसको जोखिम धेरै हुने चिकित्सकहरुको भनाइ छ ।

    १२ वर्ष अघि अर्थात् सानै उमेरमा महिनावारी हुनु, ढिलो उमेरमा (५५ वर्षपछि) महिनावारी सुक्नु, लामो समयसम्म हर्मोन फेरबदल गर्ने औषधिहरूको प्रयोग गर्नु, ३० वर्षको उमेरपछि पहिलो सन्तान जन्माउनु, सन्तानलाई स्तनपान नगराउनु, कहिल्यै गर्भवती नहुनु, अत्याधिक धुमपान गर्नु, मोटोपना, शारीरिक व्यायामको अभाव र अस्वस्थ्यकर खानपानलाई पनि क्यान्सरको कारणका रुपमा लिइन्छ ।

    स्तन वा काखीमुनि एउटा कडा, नदुख्ने र छाम्दा नहल्लिने गिर्खा वा गाँठो देखिनु स्तन क्यान्सरको प्रमुख लक्षण हो । स्तनको आकारमा अचानक परिवर्तन आउनु, छाला रातो हुनु, खस्रो हुनु तथा सुन्तलाको बोक्रा जस्तो खस्रो हुनु, निप्पल भित्रतिर धसिनु, स्तनबाट तरल पदार्थ बग्नु जस्ता स्तन क्यान्सरका लक्षण हुन् ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.