एजेन्सी । इंग्लिस क्लब आर्सनल युरोपा लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । बिहीबार राति भएको समूह चरणको अन्तिम खेलमा आयरल्याण्डको डुनडल्कलाई ४–२ गोल अन्तरले पराजित गर्दै आर्सनल नकआउट चरणमा प्रवेश गरेको हो । डुनडल्कको मैदानमा १२ औं मिनेटमा एडवार्ड एनकेइटाले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । खेलको १८ औं मिनेटमा मोहमेद एल्नेनीले गोल गर्दै आर्सनललाई २–० को अग्रता दिलाए । खेलको २२ औं मिनेटमा जोर्डन फ्लोरेसले गोल गर्दै डुनडल्कलाई २–१ को स्थितिमा ल्याए । ६७ औं मिनेटमा जोसेप विललकले गोल गर्दै आर्सनललाई ३–१ को अग्रता दिलाए । खेलको ८० औं मिनेटमा फोलारिन बालोगुनले गोल गर्दा आर्सनल ४–१ ले अघि रह्यो । त्यसपछि खेलको ८५ औं मिनेटमा घरेलु टोलीका सिन होआरेले गोल गरेपनि आर्सनल ४–२ ले विजयी भयो । जितसँगै समूह बी को आर्सनल ६ खेलमा १८ अंक जोड्यो । शतप्रतिशत जित निकालेको आर्सनल समूह विजेता समेत बनेको छ । डुनडल्कले अंक विहीन रहदै समूह चरणको अन्त्य गर्यो ।








