• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ४. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ५. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

दाइजो र बालविवाहविरुद्ध निरन्तर लडिरहन्छु : उपसभामुख ठाकुर

  •   सोमबार, जेठ ११, २०८३ मा प्रकाशित
    • अ
    • अ
    • अ

    सर्लाही । प्रतिनिधि सभाकी उपसभामुख रुवीकुमारी ठाकुरले मधेशमा व्याप्त दाइजो प्रथा र बालविवाहविरुद्ध आफू निरन्तर लडिरहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

    सर्लाहीको चन्द्रनगर गाउँपालिकाद्वारा आइतबार आयोजित ‘बालविवाह एवं दाइजो प्रथा उन्मूलन कार्यक्रम’ लाई सम्बोधन गर्दै उहाँले यी कुप्रथाहरू मधेशबाट मात्र नभई देशैभरिबाट उन्मूलन हुनुपर्नेमा जोड दिनुभयो ।

    छोरीलाई बोझ मान्ने लैङ्गिक विभेदका कारण बालविवाह हुने गरेको भन्दै उहाँले माता सीताको जन्मभूमिमा छोरी जन्मनु सौभाग्यको कुरा भएकाले मधेशले छोरीलाई सम्मान गर्न सिक्नुपर्ने उल्लेख गर्नुभयो । बालविवाह र दाइजो प्रथाले अन्ततः परिवारमा विखण्डन ल्याउने उहाँको भनाइ थियो ।

    सोही कार्यक्रममा बोल्दै सर्लाही क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद नीतिमा कार्की भण्डारीले समाजमा लामो समयदेखि जड गाडेर बसेको यो कुरीति र कुसंस्कारलाई शिक्षाको उज्यालो ज्योतिले मात्र हटाउन सक्ने दाबी गर्नुभयो । उहाँले सामाजिक परिवर्तनका लागि आफ्ना छोरीहरूलाई अनिवार्य रूपमा पढाउन अभिभावकहरूसँग आग्रह गर्नुभयो ।

    मधेश प्रदेशका विभिन्न पालिकाका उपाध्यक्ष तथा उपप्रमुखहरूको समेत सहभागिता रहेको उक्त कार्यक्रममा पछिल्लो समय किशोरकिशोरीहरू घर छाडेर हिँड्ने प्रवृत्तिको सङ्केत गर्दै उपसभामुख ठाकुरले अभिभावकको सरसल्लाहलाई गलत सोचेर विद्रोह नगर्न युवा पुस्तालाई सुझाव समेत दिनुभयो ।

    सामाजिक सचेतना जगाउने उद्देश्यले आयोजित सो अवसरमा छोरीलाई कक्षा १२ सम्म पढाएर २० वर्ष पुगेपछि मात्र विवाह गराउने अभिभावक, बुहारीलाई स्नातक (ब्याचलर) तहसम्म पढाउने सासू-ससुरा र दाइजो नलिई विवाह गर्ने आदर्श जोडीहरूलाई दोसल्ला र प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो ।

    उक्त गाउँपालिकाले बालविवाह न्यूनीकरण र छोरीहरूको शिक्षाका लागि उदाहरणीय कार्य गर्दै आएको छ । चन्द्रनगर गाउँपालिकाले २० वर्ष पार गरेर विवाह गर्ने छोरीहरूलाई विवाह मण्डपमै पुगेर नगद ५० हजार रुपैयाँसहित सम्मान गर्ने गरेको छ भने कक्षा १२ सम्म पढ्ने छोरीहरूलाई पठनपाठनमा प्रोत्साहन मिलोस् भनी एकमुष्ट ११ हजार रुपैयाँ आर्थिक सहयोग समेत प्रदान गर्दै आएको छ ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ४.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ५.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.