चितवन । चितवन जिल्ला खेलकुद बिकास समितिले चितवनका नयाँ प्रहरी प्रमुखलाई स्वागत गरेको छ । समितिले आज (बिहीबार) प्रहरी प्रमुख एसपी रामेश्वर पौडेललाई स्वागत गरेको हो ।
एसपी पौडेलकै कार्यकक्षमा एक कार्यक्रमकाबीच समितिका अध्यक्ष राजन कार्की, सचिव रामजी ढकाल, जिल्लाका विभिन्न खेलकुद संघ संस्थाका प्रतिनिधिहरुले स्वागत गरे ।
सो अवसरमा अध्यक्ष कार्कीले एसपी पौडेलको चितवन कार्यकालको सफलताको कामना गरे । यस्तै कार्कीले चितवनको खेलकुदको वर्तमान अवस्था बारे पनि एसपी पौडेललाई जानकारी गराएका थिए ।
एसपी पौडेलले आफूले खेल खेल्दाको अनुभव सुनाउदै खेलकुदसँग नजिक रहेको बताए । उनले खेल प्रति आफ्नो लगाव रहेको बताउदै खेलकुद संघ संस्थासँग प्रहरी कार्यालयले गर्नुपर्ने सहकार्य र समन्वयका लागि तयार रहेको बताए । यस्तै संघले डिएसपी चन्द्रभुषण यादवलाई चितवनमा स्वागत गरेको छ ।









