• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

चितवनमा नेपाली सेनाद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ४१३ जना लाभान्वित

  •   आइतबार, जेठ २४, २०८३ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेपाली सेनाको श्री नयाँ सबुज गणको आयोजना, खैरहनी नगरपालिकाको समन्वय तथा चितवन जिल्लाका विभिन्न अस्पतालहरूको सहकार्यमा खैरहनी नगरपालिका–४ चैनपुरस्थित नेपाल राष्ट्रिय भू.पू.सैनिक संघ, क्षेत्र नं.१, ईकाई नं.३ (कंकाली पिकनिक परिसर) मा एक दिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। ग्रामीण भेगका सर्वसाधारणलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको उक्त शिविरमा विशेषज्ञ चिकित्सकहरूले विभिन्न रोगहरूको परीक्षण तथा उपचार सेवा प्रदान गरेका थिए।

    शिविरमा श्री नयाँ सबुज गणका गणपति प्रमुख सेनानी सुदिप कुमार तामाङ्ग, गणका ज्येष्ठ सेनानी, डा.अधिकृत, पदिक तथा अन्यदर्जा सैनिक, एनसीसी अल्मुनाई (NCC Alumni) सदस्यहरू, विशेषज्ञ गैरसैनिक चिकित्सक तथा चितवन जिल्ला भू.पू. सैनिक संघका पदाधिकारीहरूको उपस्थिति रहेको थियो। प्रमुख सेनानी सुदिप कुमार तामाङ्गको कमाण्डमा १/२४ को नफ्रि तथा श्री नं.७ फिल्ड एम्बुलेन्स गुल्मबाट प्रा.सह.से. डा. सुनिल गुरुङको कमाण्डमा १/६ को नफ्रिसहितको टोली परिचालन गरिएको थियो।

    शिविरमा मौलाकालिका अस्पतालका ३ जना, भरतपुर आँखा अस्पतालका ४ जना तथा नेशनल सि.टी. अस्पतालका २ जना विशेषज्ञ चिकित्सकहरूको सहकार्य रहेको थियो। शिविरमा जनरल फिजिसियन, छाला रोग, स्त्री रोग, हाडजोर्नी तथा नशा रोग र मधुमेह सम्बन्धी विशेषज्ञ सेवा उपलब्ध गराइएको थियो। स्वास्थ्य परीक्षणपछि बिरामीहरूलाई आवश्यकताअनुसार निःशुल्क औषधि समेत वितरण गरिएको नेपाली सेनाले जनाएको छ। आर्थिक अभाव तथा स्वास्थ्य चेतनाको कमीका कारण समयमै उपचार पाउन नसकेका स्थानीय बासिन्दालाई लक्षित गरी आयोजना गरिएको शिविरबाट खैरहनी नगरपालिकाका २८० महिला र १३३ पुरुष गरी कुल ४१३ जना लाभान्वित भएका थिए।

    नेपाली सेनाका अनुसार यस्ता स्वास्थ्य शिविरहरूले नागरिक–सैनिक सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै स्थानीय नागरिकको स्वास्थ्य समस्याको प्रारम्भिक पहिचान, उपचार तथा स्वास्थ्य सचेतना अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याएको छ। शिविरलाई व्यवस्थित र प्रभावकारी बनाउन एनसीसी अल्मुनाईका स्वयंसेवक, स्वास्थ्यकर्मी, प्राविधिक टोली तथा स्थानीय जनप्रतिनिधिहरूको समेत सक्रिय सहभागिता रहेको थियो।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.