• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ४. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ५. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भएको तथ्य दुनियाँलाई थाहा छः आङदेम्बे

  •   बुधबार, जेठ २७, २०८३ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं ।  नेपाली कांग्रेसका सांसद भीष्मराज आङदेम्बेले नेपाल–भारत सीमा विवादजस्ता संवेदनशील विषयको समाधान आवेग र उत्तेजनाबाट नभई संयमित तथा कूटनीतिक संवादमार्फत खोजिनुपर्ने बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद आङदेम्बेले वर्तमान राजनीतिक परिस्थिति असामान्य रहेको उल्लेख गर्दै राष्ट्रिय स्वाभिमानको विषयमा सबै संवेदनशील हुनुपर्ने बताए । उनले भने, ‘विपक्षी ज्युहरुले आफ्नो असन्तुष्टि व्यक्त गरिरहनु भएको छ । आज वर्तमान राजनीतिक परिस्थिति असामान्य छ ।

    दुनियाँलाई थाहा छ लिपुलेक हाम्रो हो, कालापानी हाम्रो हो, लिम्पियाधुरा हाम्रो हो । यही संसदले ती भूभागसहित नेपालको नक्सा पारित गरेको पनि दुनियाँलाई थाहा छ । यो विषयको हल उत्तेजना र आवेगले होइन, संयमित ढंगले गहन संवादको माध्यमबाट कुटनीतिक प्रक्रियाबाट हुनुपर्दछ ।’ उनले नेपाल कहिल्यै कसैको उपनिवेश नबनेको र वीर गोर्खालीहरूको देशका नागरिकले सधैं स्वाभिमानका साथ जीवन बिताएको उल्लेख गरे । यस क्रममा उनले स्वर्गीय गायक गोपाल योञ्जनको चर्चित गीत उद्धृत गर्दै नेपालीहरूको राष्ट्रिय भावना, स्वाभिमान र स्वतन्त्रताको चेतनाबारे चर्चा गरे । उनले भने, ‘म त्यो देशको नागरिक हुँ, जुन देश इतिहासमा कहिल्यै कसैको उपनिवेश बनेन । म जान्दछु, मेरो देश वीर गोर्खालीको देश हो, जुन दुनियाँमा कहिल्यै कसैको सामु पनि झुकेन ।

    हामी सबैले बाल्यकालदेखि सुन्दै आएको अत्यन्तै कर्णप्रिय र अत्यन्तै लोकप्रिय गायक गोपाल योञ्जनज्यूको गीत हामीले सुनिराखेका छौँ, जो राष्ट्रिय भावनाले ओतप्रोत पनि छ । ‘खोसेको रोटीले मेरो पेट भरिन्न, मागेको धोतिले मेरो लाज छोपिन्न, घोटिएर हातपाउ झरिझाऊन् औँला, तर कोहीको अगाडि यी हात जोडिन्न । बनेको छ पहराले यो छाती मेरो….’ मैले यति भन्यो भने सायद राष्ट्रप्रति हाम्रो संवेदनशीलता यहाँनिर छ्याप्छ्याप्ती पोखिएको छ, जोडिएको छ ।’ सांसद आङदेम्बेले नेपाली आमाको गर्भबाट जन्मिने हरेक सन्तानले सगरमाथाजस्तै उच्च स्वाभिमान बोकेर बाँच्ने बताए । उनले हालै प्रधानमन्त्रीबाट आएको सीमा सम्बन्धी अभिव्यक्तिप्रति पनि प्रश्न उठाउँदै छिमेकी मुलुकले सीमा मिचेको विषय र नेपालले पनि मिचेको जस्तो अभिव्यक्ति दिनु उपयुक्त नभएको टिप्पणी गरे ।

    उनले भने, ‘नेपाली आमाको गर्भबाट हिजो जन्मिएका या भविष्यमा जन्मिने प्रत्येक बच्चा मानिस शिरमा स्वाभिमान बोकेर बाँच्नेछन् । सगरमाथा मात्रै होइन, सगरमाथाजस्तै स्वाभिमान बोकेर बाँच्नेछन् । आज गोपाल योञ्जन हुनुहुन्थ्यो भने हाम्रो देशले छिमेकीको सिमाना मिचेको छ भनेर गर्वका साथ सार्वजनिक रूपमा अभिव्यक्ति दिने प्रधानमन्त्रीको भनाइ सुनेर के भन्नुहुन्थ्यो होला रु उनले पनि मिचे, हामीले पनि मिच्यौँ, के हिसाब बराबर भन्न खोज्नुभएको हो प्रधानमन्त्रीले ? सांसद आङदेम्बेले सीमा विवादजस्ता विषयको समाधान भावनात्मक प्रतिक्रिया वा उत्तेजनाले नभई गम्भीर संवाद, आपसी समझदारी र कूटनीतिक प्रक्रियाबाट खोजिनुपर्नेमा जोड दिए ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ४.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ५.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.