• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

एमालेविरुद्ध एल्गोरिदममार्फत भ्रम फैलाइयो, जनतालाई पपुलर नाराले भुलाइयो

  •   शुक्रबार, जेठ २९, २०८३ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सचिव महेश बस्नेतले सामाजिक सञ्जालको एल्गोरिदम, विदेशी शक्तिको प्रभाव तथा राज्य संयन्त्रको दुरुपयोगमार्फत एमाले र पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध भ्रम सिर्जना गरिएको बताएका छन् । शुक्रबार नेकपा (एमाले) बागमती प्रदेश संगठन कमिटीको दोस्रो बैठकलाई सम्बोधन गर्दै बस्नेतले साम्राज्यवादी शक्तिहरूको सहयोगमा युवा पुस्ता, गरिब, शोषित, सुकुम्बासी समुदाय, विदेशमा रहेका नेपाली तथा तीव्र सहरीकरण भएका क्षेत्रमा एमालेविरुद्ध व्यापक भ्रम फैलाइएको दाबी गरे ।

    उनले भने, ‘एल्गोरिदमको माध्यमबाट साम्राज्यवादी शक्तिहरूको तागत र बलमा, सेना–प्रहरीलगायत राज्यका संयन्त्रहरूको दुरुपयोग गरेर कम्युनिस्ट पार्टी, नेकपा एमाले र कमरेड केपी ओलीप्रति जुनखालको भ्रम सिर्जना गरियो । त्यसले युवा पुस्ता, गरिब, शोषित, सुकुम्बासीलगायत आधारभूत वर्ग र विदेशमा रहेका युवाहरूलाई प्रभावित बनायो ।’ बस्नेतले मुलुकमाथिको आक्रमण र विनाशलाई समेत परिवर्तन र क्रान्तिका रूपमा बुझ्ने वातावरण बनाइएको आरोप लगाए । उनले ‘अराष्ट्रवादी तत्व’, ‘सहकारी ठगीका मुद्दा व्यहोरेका व्यक्ति’ तथा ‘अन्तर्राष्ट्रिय शक्तिका एजेण्टका रूपमा परिचालित व्यक्तिहरू’ सरकारसम्म पुगेको टिप्पणी गरे । ‘जनताले ध्वसं र मुलुकमाथिको आक्रमणलाई क्रान्ति र परिवर्तनको रुपमा बुझ्ने परिस्थिती सिर्जना भयो ।

    त्यसकारणले बालेज जस्तो ‘अराष्ट्रवादी तत्व’ रवि जस्तो सहकारी ठगीलगायतका दर्जनौ मुद्दा व्यहोरेको व्यक्ति र सुदन गुरुङ जस्तो टिओवी जस्ता अन्तर्राष्ट्रिय शक्तिको एजेण्टको रुपमा परिचालन शक्तिहरु आज सरकारमा पुगेका छन्,’ उनले भने । त्यसैगरी एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले वर्तमान युग समाजवादी क्रान्तिको युग भएको बताएका छन्। उनले वर्गीय दृष्टिकोणबाट हेर्दा एकातिर विश्वका वित्तीय तथा एकाधिकारी पुँजीपति वर्ग र अर्कोतिर राष्ट्रिय पुँजीपति, मजदुर तथा किसान वर्गबीच संघर्ष चलिरहेको बताए। उनले भने, ‘आजको संघर्ष भनेको एकाधिकारी पुँजीपति र श्रमजीवी वर्गबीचको संघर्ष हो। विश्वका वित्तीय पुँजीपति तथा नेपालको सन्दर्भमा दलाल र नोकरशाह पुँजीपति एकातिर छन् भने राष्ट्रिय पुँजीपति, मजदुर र किसान अर्कोतिर छन्।’

    बादलले लोकतन्त्र, राष्ट्रिय स्वाधीनता, विकास, समृद्धि र सुशासनजस्ता नारालाई एकाधिकारी पुँजीपतिहरूले जनतालाई प्रभावित पार्न प्रयोग गर्ने गरेको आरोप लगाए। उनका अनुसार यस्ता लोकप्रिय नारामार्फत जनतालाई भ्रमित गर्ने रणनीति विश्वभर अपनाइएको छ। उनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई ‘पपुलिज्ममा आधारित पार्टी’को संज्ञा दिँदै लोकप्रिय नाराका माध्यमबाट सामाजिक सञ्जालको एल्गोरिदम प्रयोग गरी जनतालाई भ्रमित बनाइएको दाबी गरे। ‘राष्ट्रिय स्वतन्त्र पार्टीले पनि लोकप्रिय नारा दियो। त्यही लोकप्रिय नारालाई एल्गोरिदममार्फत प्रचार गरेर जनतालाई भ्रमित बनाइयो,’ उनले भने।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.