• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ५. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

  •   शनिबार, असार ०६, २०८३ मा प्रकाशित
    • अ
    • अ
    • अ

    नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले एक विद्यालय एक करेसाबारी कार्यक्रम सञ्चालन गर्ने भएको छ । पालिकाले आगामी वर्षदेखि विद्यालयमा बालमैत्री शैक्षिक वातावरण साथै वातावरणीय अनुकूलन सौन्दर्यकरणमार्फत हरित विद्यालयको अवधारणा कार्यान्वयन गर्ने अवधारणा ल्याएको हो । गैँडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारीले विद्यार्थीलाई ‘पढ्दै कमाउँदै’ कार्यक्रमद्वारा उद्यमशीलता तथा उत्पादनसँग जोड्ने र शिक्षकलाई प्रविधिसँग जोड्ने क्रियाकलाप सञ्चालन गरिने बताउनुभयो । उहाँले पालिकाभित्र हुने उत्पादनलाई पाठ्यसामग्रीका रूपमा प्रयोग गरिने उल्लेख गर्नुभयो । बृहत् विद्यालय सुरक्षा कार्यक्रमअन्तर्गत पालिकाले विद्यालयमा सुरक्षित बालमैत्री, अपाङ्गमैत्री र प्रविधिमैत्री भौतिक संरचना निर्माण, मर्मतसम्भार तथा सेवासुविधा विस्तारमा ध्यान दिइने अधिकारीको भनाइ छ ।

    शुक्रबार आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख अधिकारीले पालिकाभित्र सामुदायिक विद्यालयलाई विद्यार्थीको सङ्ख्या र आवश्यकताका आधारमा विद्यालय समायोजन गर्दै आवासीय विद्यालय र ‘बिग स्कूल’ सञ्चालनको नीति लिइएको बताउनुभयो । सामुदायिक विद्यालयले आधारभूत तह (कक्षा ८) सम्म कुनै पनि शीर्षकमा विद्यार्थीसँग शुल्क लिन नपाउनेगरी पालिकाले बजेट व्यवस्थापन गरेको उहाँले जानकारी दिनुभयो । पालिकाको शैक्षिक गुणस्तर वृद्धि गर्नका लागि वार्षिक रूपमा वर्ष उत्कृष्ट शिक्षक, उत्कृष्ट विद्यार्थी र उत्कृष्ट वर्ष विद्यालय घोषणा गरी सम्मान तथा पुरस्कार प्रदान गरिने नगरप्रमुख अधिकारीले बताउनुभयो । आधारभूत तहसम्मका विद्यालयका विद्यार्थीलाई टिकाइराख्न पोषणयुक्त दिवा खाजा कार्यक्रमलाई थप प्रभावकारी रुपमा अगाडि बढाउने उहाँले उल्लेख गर्नुभयो । त्यस्तै, पालिकाभित्रका सबै विद्यालयलाई ‘जङ्क फुड’ पत्रु खाना निषेधित क्षेत्र घोषणा गर्दै विद्यालयको १०० मिटरको वरिपरि क्षेत्रमा मदिरा र सूर्तिजन्य वस्तु बेचबिखनमा पूर्ण रुपमा प्रतिबन्ध लगाउने अधिकारीको भनाइ छ ।

    ‘गैँडाकोटको इच्छाः गुणस्तरीय शिक्षा’ भन्ने नाराका साथ शिक्षा क्षेत्रमा गतिविधि केन्द्रित गरिने भन्दै उहाँले यसअनुरुप व्यावहारिक र प्राविधिक शिक्षामा जोड दिइने बताउनुभयो । त्यस्तैगरी, पालिकाको वडा नं ३ र १८ का गर्भवती, सुत्केरी तथा अपाङ्गता भएका व्यक्तिका लागि निःशुल्क एम्बुलेन्स, ४० वर्षभन्दा माथिका नागरिक लक्षित क्यान्सर, मधुमेह तथा उच्च रक्तचापको निःशुल्क परीक्षण तथा स्वास्थ्य शिविर सञ्चालन गर्नेगरी नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । पालिकाभित्र रहेका विपन्न, असहाय, सीमान्तकृत नागरिकका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्न आकस्मिक स्वास्थ्य सुरक्षा कोष, ३५ प्रकारका आयुर्वेदिक औषधि निःशुल्क प्रदान, सुत्केरी आमा पोषिलो खाना कार्यक्रमअन्तर्गत गैँडाकोटको सरकारी स्वास्थ्य संस्था तथा बर्थिङ सेन्टरमा सुत्केरीलाई रु पाँच हजार सुत्केरी भत्ता प्रदान गर्ने नीति लिइएको नगरप्रमुख अधिकारीले बताउनुभयो ।

    गैँडाकोट नगरपालिकाभित्र प्लास्टिकका सामग्रीलाई निरुत्साहन गर्दै स्थानीय स्रोतबाट बनेको सालको पातका दुनाटपरीको प्रयोगलाई विस्तार गर्ने नीति लिइएको उहाँले बताउनुभयो । ‘एक समूहः एक कृषि नमुना व्यावसायिक खेती’, ‘गैँडाकोटको भिजनः मकै सबै सिजन’, चैते धानको क्षेत्र विस्तार, गैँडाकोटको वडा नं ३ र १८ मा तरुलखेतीलाई प्रोत्साहन, गैँडाकोट-१८ मा स्थापित केरा तथा चिया बगानलाई विस्तार गरी पर्यटन प्रवर्द्धन गर्ने नीति लिइएको नगरप्रमुख अधिकारीले जाकारी दिनुभयो । पहाडी तथा चरन क्षेत्र नजिकका वडालाई बाख्रा पकेट क्षेत्रका रूपमा विकास गर्ने नीतिअनुरुप बाख्रा प्रवर्द्धन कार्यक्रम सञ्चालन गरी पालिकालाई मासुमा आत्मनिर्भर बनाउने उहाँको भनाइ छ । स्थानीयस्तरमा उत्पादित घरेलु मदिरालाई गुणस्तरीय बनाई ‘लेबलिङ’ गरी व्यावसायीकरण गर्ने नीति लिइएको उहाँले बताउनुभयो ।

    दूध उत्पादनमा ह्रास आउने खोरेत, भ्यागुतेजस्ता सङ्क्रामक रोगबाट पशुधनको क्षति नहोस् भनी हरेक वर्ष यी रोगविरुद्ध निःशुल्क खोप अभियान सञ्चालन गर्ने नीति लिइएको नगरप्रमुख अधिकारीले जानकारी दिनुभयो । खोप कार्यक्रम सञ्चालन गर्दा प्रादेशिक निकायसँग सहकार्य गरिने उहाँले बताउनुभयो ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ५.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.