चितबन। जिल्लामा सबारी दुर्घटना भयावह बन्दै गएको छ । चालू आर्थिक बर्षको ५ महिनामा भएका १ सय ५८ दुर्घटना परी ४० जनाले ज्यान गुमाएका छन् । ती दुर्घटनामा १सय ४० सामान्य घाइते भएका छन् भने २३ जना गम्भीर घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितबनले दिएको जानकारी अनुसार मृत्यु हुनेमा सबैभन्दा बढी मोटरसाइकल सवार रहेको कार्यालयको तथ्यांकले जनाएको छ । कार्यालयको तथ्यांक अनुसार गत आर्थिक बर्षको यसै अवधिमा २सय ६१ सबारी दुर्घटनाबाट १ सय ७ जना को मृत्यु भएको थियो । दुर्घटनामा १सय ६५ गम्भीर घाइते भएका थिए भने ३ सय २१ सामान्य घाइते भएका थिए। कार्यालयले दिएको जानकारी अनुसार गत वर्षको तुलनामा चालू आवमा दुर्घटना निकै बढेका हुन् । ग्रामीण सडकमा समेत दुर्घटना बढेपछि चुनौती थपिएको छ । जिल्ला ट्राफिक कार्यालय चितबनका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टका अनुसार सबारीसाधनको चापमा वृद्धि , युवापुस्ताले तीव्र गतिमा सबारी हाँक्नु , अटेर गरि मदिरा सेवन गरेर सवारी चलाउने जस्ता कारणले दुर्घटना बढेका हुन् । प्रहरीले टोलटोलमा ट्राफिक प्रहरी भन्ने अभियानका साथ जनचेतनामुलुक कार्यक्रम गरिएको बताए । उनले दुर्घटना न्यूनीकरणको लागि विशेष ट्राफिक चेकजाँच अन्तरगत तीब्रगति मादक पदार्थ सेवन , रुढ प्रमिट लगातका चेकजाँच गर्ने गरेको बताए । नारायण मुग्लिन सडकमा ब्रेकरका कारण दुर्घटनामा कमी आए पनि बजारी क्षेत्रमा ट्राफिक नियम पालना नगर्दा दुर्घटना बढेको उनले बताए । प्रहरीले ट्राफिक जनचेतनामूलक कार्यक्रम , सवारी मेकानिकल परीक्षण , चालकको स्वास्थ्य परीक्षण , ठाउँठाउँमा चेकजाँच , साँझमा मादक पदार्थ सेवन परीक्षणजस्ता कार्यक्रम गरिरहेको छ ।








