काठमाडौ । गृह मन्त्रालयले एकैपटक ४२ जना उपसचिवहरूको सरुवा गरेको छ । मन्त्रालयले शुक्रबार गरेको निर्णयअनुसार उनीहरूको सरुवा भएको हो । सरुवासँगै केही जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) तथा सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पनि हेरफेर भएको छ ।
सरुवा सूची अनुसार ११ जिल्लाका सीडीओ हेरफेर भएका छन् ।








