• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ५. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

जनजाति महासंघ चितवनले साउन २४ गते विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने

  •   सोमबार, असार २२, २०८३ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् चितवनको बैठकले विश्व आदिवासी जनजाति दिवस २०८३ भव्य तथा सभ्य रूपमा मनाउने, आजीवन सदस्यता अभियान सञ्चालन गर्ने तथा संगठन सुदृढीकरणसँग सम्बन्धित विभिन्न महत्वपूर्ण निर्णय गरेको छ।

    महासंघका जिल्ला अध्यक्ष सागर कुमालको अध्यक्षतामा सम्पन्न बैठकले भरतपुर महानगरपालिका–२३, मा जंगली हात्तीको आक्रमणबाट ज्यान गुमाएका एक महिला र चार वर्षीय बालकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको थियो। बैठकमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारण पनि गरिएको थियो।

    बैठकले आगामी अगष्ट ९ तारिक अर्थात साउन २४ गते मनाइने विश्व आदिवासी जनजाति दिवस २०८३ भव्य रूपमा आयोजना गर्ने निर्णय गरेको छ। दिवसको व्यवस्थापनका लागि सागर कुमालको संयोजकत्वमा मूल व्यवस्थापन समिति गठन गरिएको छ। समितिमा सबै जातीय संस्थाका अध्यक्ष, महासंघअन्तर्गतका भातृसंस्थाका अध्यक्ष तथा पालिका अध्यक्षहरू सदस्य रहनेछन्। साउन २४ गते भरतपुर को वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सभाहलमा कार्यक्रम आयोजना गर्ने तयारी छ ।

    संगठन विस्तार तथा संस्थागत सुदृढीकरणलाई प्राथमिकता दिँदै बैठकले विधानबमोजिम आजीवन सदस्यता अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ।

    त्यसैगरी महासंघको कार्यालय भवनमा रहेका कोठाहरूको व्यवस्थापन, संरक्षण तथा प्रभावकारी उपयोगका लागि आवश्यक मापदण्ड तयार गरी सम्बन्धित पक्षसँग लिखित सम्झौता (एग्रिमेन्ट) गरेर कार्यान्वयन गर्ने निर्णय गरिएको छ। साथै बैठक कक्ष, विद्युत् र खानेपानीलगायतका सुविधाको प्रयोगबाट हुने खर्च व्यवस्थापनका विषयमा महासंघका पदाधिकारी तथा जिल्ला अध्यक्षहरूबीच आवश्यक छलफल गरी उपयुक्त व्यवस्था मिलाइने निर्णय गरिएको छ।

    महासंघको इतिहास संरक्षण र दस्तावेजीकरणलाई व्यवस्थित बनाउन संस्थाको स्थापना, गतिविधि, उपलब्धि, नेतृत्व तथा ऐतिहासिक घटनाक्रम समेट्ने इतिहास लेखन समिति पनि गठन गरिएको छ। समितिको संयोजकमा मिलन थापा मगर तथा सदस्यमा तुलमान गुरुङ र विमला थापा मगर रहेका छन्।

    परिषद्का सदस्यहरूको आधिकारिक पहिचान सुनिश्चित गर्न फोटोसहितको परिचयपत्र (आईडी कार्ड) तयार गरी वितरण गर्ने निर्णय बैठकले गरेको छ। आईडी कार्ड निर्माण तथा वितरणको जिम्मेवारी अध्यक्ष र सचिवलाई प्रदान गरिएको छ।

    यस्तै, विभिन्न जातीय संस्थाको सिफारिसमा परिषद् सदस्य बनेका सदस्यहरू तथा आदिवासी जनजाति महिला महासंघका नवनिर्वाचित पदाधिकारीहरूलाई महासंघका तर्फबाट बधाई तथा शुभकामना व्यक्त गर्ने निर्णय पनि गरिएको छ।

    बैठकले नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् चितवनका परिषद् सदस्यमा रिक्त रहेका दुई पदमा सदस्य मनोनयन गर्ने निर्णय समेत गरेको जनाएको छ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ५.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.