• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

धुर्बे हात्तीले उजाडिएको घर, सडकमै काजक्रिया गर्दै बोटे परिवार, घाम र वर्षाबाट जोगिन त्रिपालको भर

  •   बिहिबार, असार २५, २०८३ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन। केही दिनअघिसम्म हाँसो, खुसी र परिवारको न्यानोपनले भरिएको एउटा सानो घर अहिले भग्नावशेषमा परिणत भएको छ। जहाँ साँझ पर्दा चुलो बल्थ्यो, बालबालिकाको हाँसो गुञ्जिन्थ्यो र परिवारका सदस्यहरू सुरक्षित महसुस गर्थे, त्यही घर आज जंगली हात्तीको आक्रमणपछि सुनसान छ।

    चितवन राष्ट्रिय निकुञ्जबाट निस्किएको धुर्बे हात्तीले रातको समयमा बोटे परिवारको घरमा आक्रमण गर्दा २३ वर्षीया आशिका बोटे र उनका चार वर्षीय छोरा भरतको ज्यान गयो। आफ्नै घरभित्र सुरक्षित हुनुपर्ने परिवारले मृत्युको सामना गर्नुपर्‍यो। घर पूर्ण रूपमा भत्कियो। परिवारका सदस्यहरूले ज्यान जोगाउन घरमै आगो बालेर हात्तीलाई तर्साउने प्रयास गरे, तर त्यो प्रयासले दुई निर्दोष जीवन फर्काउन सकेन।

    आज त्यो परिवारसँग न घर छ, न सुरक्षित बास। उनीहरू अहिले सडक छेउमा बनाइएको सानो छाप्रोमुनि बस्न बाध्य छन्।

    घर नजिकै रहेको बसपार्क क्षेत्रमा यात्रुहरू सुस्ताउने एउटा सामान्य छाप्रो अहिले बोटे परिवारको शोकको साक्षी बनेको छ। त्यही छाप्रोमुनि त्रिपाल टाँगिएको छ, चारैतिर जालले बारिएको छ र त्यहीँ आशिकाका ससुरा शनिचरा बोटे बोटे समुदायको परम्पराअनुसार काजक्रियामा बसेका छन्। शनिचरा बोटे ति हुन जसले २०६९ सालमा पनि धुब्रेहात्तीकै आक्रमणबाट ज्यान गुमाएका आफ्ना बुबा आमाको काजक्रिया गरेका थिए ।

    परिवारका अन्य सदस्यहरू नजिकै स्थानीय क्लबले बनाएको सानो पक्की भवनमा आश्रय लिइरहेका छन्। आफ्नो घर गुमाएको पीडामाथि सार्वजनिक स्थानमा बस्नुपरेको बाध्यता थपिएको छ। उनीहरूको अनुहारमा भविष्यको चिन्ता, असुरक्षा र अपूरणीय क्षतिको गहिरो छाप स्पष्ट देखिन्छ।

    बोटे समुदायमा परम्परागत रूपमा नदी किनारमा पुगेर काजक्रिया गर्ने चलन छ। तर अहिले त्यो सम्भव छैन। वरपर हात्ती र अन्य जंगली जनावरको चहलपहल बढेकाले उनीहरूले सार्वजनिक स्थलमै त्रिपालमुनि काजक्रिया गर्न थालेका छन्। राति पनि उनीहरू निर्धक्कसँग सुत्न सक्दैनन्। खुला आकाशमुनि, हात्ती फेरि आउने हो कि भन्ने त्रासका बीच जाग्राम बसेर रात कटाउनुपर्ने अवस्था छ।

    बुधबार पीडित परिवारलाई समवेदना व्यक्त गर्न तथा राहत उपलब्ध गराउन जिल्लाका सुरक्षा निकायका प्रमुखहरू त्यही छाप्रोसम्म पुगे। चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, जिल्ला प्रहरी कार्यालयका प्रमुख, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत तथा अन्य सुरक्षा निकायका प्रतिनिधिहरूले परिवारसँग भेट गरी समवेदना व्यक्त गरे।

    छाप्रोभित्र आशिका र उनका नाबालक छोरा भरतको तस्वीर राखिएको थियो। तस्वीरअगाडि बलिरहेको धूप, वरिपरि बसेका आफन्त, मलिन अनुहारका गाउँले र मौन वातावरणले त्यहाँ उपस्थित जोसुकैलाई भावुक बनाइरहेको थियो। कुनै शब्दले त्यो पीडा कम गर्न सक्ने अवस्था थिएन।

    कार्यक्रमका क्रममा भरतपुर महानगरपालिकाका वडा अध्यक्ष दीपक दुवाडीले पीडित परिवारका लागि विभिन्न क्षेत्रबाट राहत संकलन भइरहेको जानकारी गराए। केही संघसंस्था तथा व्यक्तिहरूले त्यही अवसरमा आर्थिक सहयोग पनि हस्तान्तरण गरे। सहयोगले केही राहत त दिएको थियो, तर दुई जीवनको क्षति र घरबार उजाडिएको पीडा कुनै रकमले पूरा गर्न सक्ने अवस्था थिएन।

    यत्तिकैमा आकासमा कालो बादल मडारियो। केहीबेरमै पानी पर्न थाल्यो। घाम र वर्षाबाट जोगिन टाँगिएको त्रिपालले पानी थेग्न सकेन। वर्षाको छिटा सिधै काजक्रियामा बसेकाहरूमाथि परिरह्यो। एकातिर प्रियजन गुमाएको पीडा, अर्कोतिर घरबारविहीन जीवन, त्यसमाथि वर्षाको चिसोले उनीहरूको दुःखलाई झन् गहिरो बनाइरहेको थियो।

    बोटे परिवारको यो कथा एउटा परिवारको मात्रै कथा होइन। यो मानव–वन्यजन्तु द्वन्द्वको कठोर यथार्थ हो। निकुञ्जको छेउछाउमा बसोबास गर्ने सयौँ परिवारले वर्षौंदेखि ज्यान, धन र भविष्यको जोखिम बोकेर जीवन बिताइरहेका छन्। प्रत्येक हात्ती आक्रमणपछि राहत र समवेदनाका शब्द त पुग्छन्, तर दीर्घकालीन समाधान अझै पनि उनीहरूको पहुँचभन्दा टाढै छ।

    आज बोटे परिवारको सबैभन्दा ठूलो आवश्यकता केवल राहत होइन। उनीहरूलाई सुरक्षित बास, स्थायी पुनर्स्थापना, जीविकोपार्जनको आधार र भविष्यप्रति भरोसा चाहिएको छ। नत्र, हात्तीको आक्रमणबाट जोगिए पनि उनीहरू असुरक्षा, अभाव र पीडाको अर्को चक्रमा बाँचिरहन बाध्य हुनेछन्।

    आशिका र सानो भरत अब फर्केर आउने छैनन्। तर उनीहरूको मृत्युले एउटा गम्भीर प्रश्न छोडेको छ ! जंगलको छेउमा बस्ने नागरिकको सुरक्षा कसको जिम्मेवारी हो? जबसम्म यो प्रश्नको व्यवहारिक उत्तर खोजिँदैन, बोटे परिवारजस्ता अनेक परिवारका आँसु सुक्ने छैनन्।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.