• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस पुष्टि

  •   शुक्रबार, साउन ०१, २०८३ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवन जिल्लामा स्क्रब टाइफस संक्रमणको जोखिम बढ्दो देखिएको छ। गत आर्थिक वर्षमा जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ११ हजार ४१९ जनाको परीक्षण गर्दा ८९३ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ।

    जनस्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक राम केसीका अनुसार संक्रमितमध्ये ६२१ जना चितवन जिल्लाकै बासिन्दा रहेका छन्। स्थानीय तहअनुसार सबैभन्दा धेरै संक्रमित रत्ननगर नगरपालिकामा २४६ जना भेटिएका छन्। त्यसपछि खैरहनी नगरपालिकामा ११७, भरतपुर महानगरपालिकामा ९०, राप्ती नगरपालिकामा ८२, कालिका नगरपालिकामा ६९, इच्छाकामना गाउँपालिकामा १० र माडी नगरपालिकामा सात जनामा संक्रमण पुष्टि भएको छ।

    तथ्याङ्कअनुसार अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा सात हजार ९५ जनाको परीक्षण गर्दा एक हजार ५५ जनामा स्क्रब टाइफस संक्रमण देखिएको थियो। चालु आर्थिक वर्षमा भने यस रोगका कारण एक जनाको मृत्यु भएको कार्यालयले जनाएको छ।

    स्क्रब टाइफस संक्रमित किर्ना (चिगर) को टोकाइबाट मानिसमा सर्ने जीवाणुजन्य रोग हो। यी किर्ना प्रायः मुसा तथा अन्य साना जनावरको शरीरमा पाइने भएकाले खेतबारी, झाडी तथा वन क्षेत्रको सम्पर्कमा आउने व्यक्तिमा संक्रमणको जोखिम बढी हुने स्वास्थ्यकर्मीहरू बताउँछन्।

    यस रोगका प्रमुख लक्षणमा उच्च ज्वरो आउने, आँखा रातो हुने, खोकी लाग्ने, वान्ता हुने, पेट दुख्ने, पखाला लाग्ने, श्वासप्रश्वासमा कठिनाइ हुने, अत्यधिक टाउको दुख्ने, जोर्नी तथा मांसपेशी दुख्ने, शरीरमा बिमिरा देखिने र किर्नाले टोकेको स्थानमा कालो दाग (एस्कार) देखिनु पर्दछन्। समयमै उपचार नपाए रोग गम्भीर बन्न सक्ने भएकाले यस्ता लक्षण देखिए तुरुन्त स्वास्थ्य संस्थामा पुग्न चिकित्सकहरूले आग्रह गरेका छन्।

    स्वास्थ्य कार्यालयले स्क्रब टाइफसबाट बच्न खेत, झाडी वा वन क्षेत्रमा जाँदा लामो बाहुलाको कपडा र बन्द जुत्ता लगाउन, शरीरको खुला भागमा कीटनाशक मलम प्रयोग गर्न, घर वरिपरि घाँसझार बढ्न नदिन, वातावरण सफा राख्न तथा मुसाको नियन्त्रणका लागि अन्न सुरक्षित रूपमा भण्डारण गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.