• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

बालेन बसेको लटौली सेन्चुरी रिसोर्टमा आन्तरिक विवाद, चार कर्मचारी सेवा छाड्न बाध्य

  •   सोमबार, साउन ०४, २०८३ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनको कालिका नगरपालिका–९ शक्तिखोरस्थित लटौली सेन्चुरी रिसोर्टमा आन्तरिक विवादका कारण चार जना कर्मचारीले सेवा छाडेका छन्।

    रिसोर्ट स्रोतका अनुसार सञ्चालक ज्ञानेन्द्र खड्काले रिसोर्टमा आएका पाहुनासम्बन्धी सूचना तथा आन्तरिक जानकारी बाहिरिएको आरोप लगाएपछि व्यवस्थापन र उच्च तहका कर्मचारीबीच विवाद उत्पन्न भएको थियो। सोही विवादपछि जनरल म्यानेजर रोशन पुरीसहित चार जना कर्मचारी रिसोर्टबाट बाहिरिएका हुन्।

    रिसोर्टबाट बाहिरिएका एक उच्च तहका कर्मचारीका अनुसार व्यवस्थापनले तल्लो तहका कर्मचारीलाई आन्तरिक गतिविधि निगरानी गर्न लगाउने, सञ्चालकसँगको व्यक्तिगत चिनजानको प्रभाव देखाएर काम गराउने वातावरण बनेको दाबी गरेका छन्। यी दाबीहरूबारे रिसोर्ट व्यवस्थापनको आधिकारिक प्रतिक्रिया भने सार्वजनिक भएको छैन।

    यसैबीच, सञ्चालक खड्कासँग सम्बन्धित विभिन्न विषयमा पछिल्लो समय सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि उनी थप असन्तुष्ट बनेको स्रोतको भनाइ छ। यद्यपि, ती विषयहरूबारे आधिकारिक पुष्टि भएको छैन।

    गत असार ७ गतेदेखि चितवनमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका क्रममा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह परिवारसहित तीन दिन सोही रिसोर्टमा बसेका थिए। त्यस अवसरमा रिसोर्टका १६ वटा कोठा बुक गरिएको बताइएको छ।

    स्रोतका अनुसार मेयर शाह रिसोर्टमा बसेका बेला केही कर्मचारीलाई बिदा दिइएको तथा सीसीटीभी क्यामेरा बन्द गरिएको भन्ने विषय सञ्चारमाध्यममा सार्वजनिक भएपछि त्यसबारे पनि सञ्चालकले चासो व्यक्त गर्दै आएका थिए। यद्यपि, यस विषयमा रिसोर्ट व्यवस्थापनले औपचारिक धारणा सार्वजनिक गरेको छैन।

    ज्ञानेन्द्र खड्काले लटौली सेन्चुरी रिसोर्ट २०८३ वैशाखदेखि सञ्चालनमा ल्याएका हुन्।

    स्रोतः अनलाईन खबर ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.