• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

चितवनमा एक वर्षमा १ हजार ८७६ अपराध सम्बन्धी मुद्दा दर्ता, लागुऔषध सम्बन्धी मुद्दा ४९ प्रतिशतले बृद्धि

  •   बिहिबार, साउन ०७, २०८३ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । जिल्ला प्रहरी कार्यालय चितवनमा आर्थिक वर्ष २०८२/०८३ मा अपराधसम्बन्धी १ हजार ८७६ वटा मुद्दा दर्ता भएका छन्। अघिल्लो आर्थिक वर्षको तुलनामा चोरी, अभद्र व्यवहार, आत्महत्या, जबर्जस्ती करणी, विद्युतीय अपराधलगायतका मुद्दा घटे पनि लागुऔषध र बैंकिङ कसुरसम्बन्धी अपराधमा उल्लेख्य वृद्धि भएको प्रहरीले जनाएको छ।

    जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार दर्ता भएका मुद्दामध्ये १ हजार १९२ वटा फर्छ्योट भइसकेका छन् भने ५८४ वटा अझै विचाराधीन छन्। सबैभन्दा बढी आत्महत्यासम्बन्धी ४७४ वटा मुद्दा दर्ता भएका छन्। त्यसपछि लागुऔषधसम्बन्धी ३४१, सार्वजनिक हितविरुद्धका कसुरसम्बन्धी २६४, बैंकिङ कसुरसम्बन्धी १९२, सवारी ज्यानसम्बन्धी ९८, चोरीसम्बन्धी ८८, करणीसम्बन्धी ४५ तथा कर्तव्य ज्यानसम्बन्धी ३ वटा मुद्दा रहेका छन्।

    स्थानीय तहअनुसार सबैभन्दा धेरै अपराधका घटना भरतपुर महानगरपालिकामा १ हजार १६० वटा दर्ता भएका छन्। त्यसपछि कालिका नगरपालिकामा २३२, रत्ननगरमा १४३, माडीमा ९९, खैरहनीमा ९३, इच्छाकामनामा ७९ र राप्ती नगरपालिकामा ७० वटा मुद्दा दर्ता भएका छन्।

    प्रहरीको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा लागुऔषधसम्बन्धी अपराध ४९ प्रतिशत र बैंकिङ कसुर ४६ प्रतिशतले बढेको छ। सवारी ज्यानसम्बन्धी मुद्दा ८ प्रतिशत तथा ठगीसम्बन्धी मुद्दा ३ प्रतिशतले वृद्धि भएका छन्।

    गत आर्थिक वर्षमा अदालतबाट दोषी ठहर भएका ८७७ जनालाई पक्राउ गरिएको छ, जुन अघिल्लो वर्षभन्दा २९४ जनाले बढी हो। पक्राउ परेकाहरूको कुल कैद अवधि १२२ वर्ष ८ महिना २० दिन रहेको प्रहरीले जनाएको छ। यस अवधिमा ६ करोड ७६ लाख ४७ हजार ६१९ रुपैयाँ जरिवाना असुल गरिएको एसपी पौडेलले जानकारी दिए।

    प्रहरीले सोही अवधिमा हराएका ४१० वटा मोबाइल फेला पारेर सम्बन्धित व्यक्तिलाई फिर्ता गरेको छ। साथै, जिल्लाभर १२ हजार ८३४ पटक गस्ती सञ्चालन गरिएको, ९१ वटा बन्द, विरोध र र्‍याली व्यवस्थापन गरिएको तथा प्रहरीको ‘१००’ नम्बरमा ४५ हजार ९३७ वटा फोन प्राप्त भएको तथ्यांक पनि सार्वजनिक गरिएको छ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.