• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ६. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

लोकतन्त्र, संविधान र सुशासनका लागि सबै दलसँग सहकार्य गर्नुपर्छः ओली

  •   बिहिबार, साउन ०७, २०८३ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले चुनाव मात्रै लोकतन्त्रको आधार नहुने बताएका छन् । ४८औँ पुष्पलाल स्मृति दिवसका अवसरमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी–लेनिनवादी) द्वारा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले विभिन्न देशमा चुनाव भए पनि त्यहाँ लोकतन्त्र नभएको उदाहरण रहेको उल्लेख गरे ।

    उनले भने, ‘चुनावले मात्रै लोकतन्त्र हुँदैन । विभिन्न देशमा चुनाव हुने गरेका छन्, तर लोकतन्त्र छैन । चुनाव हुन्छ, लोकतन्त्र हुँदैन । हाम्रो देशमा पनि मैले बोल्नलाई जिब्रो चपाइरहनुपर्ने आवश्यकता देख्दिन ।’ ओलीले २०८२ साल भदौ २३ र २४ गते भएको जनधनको क्षति, आगजनी तथा हिंसात्मक घटनाप्रति टिप्पणी गर्दै नेपालको इतिहासमा त्यस्ता घटना कल्पना गर्न नसकिने बताए । उनले भने, ‘०८२ को भदौ २३ र २४ गते जनधनको क्षति गराउने, देशमा मार्ने–मराउने, आगजनी गराउने, यस्ता कहिल्यै नभएका घटना नेपालको इतिहासमा कल्पना गर्न सकिने थिएनन् । राणा शासनविरुद्धको संघर्षमा पनि यस्तो भएन । राणाहरूका घरमा आगो लगाइएन, दरबारहरू जलाइएनन् । त्यसपछिका संघर्षहरूमा पनि त्यस्तो गरिएन । २०६२÷६३ को आन्दोलनमा पनि त्यस्तो भएन ।’ माओवादी आन्दोलनतर्फ संकेत गर्दै उनले हिंसात्मक बाटो रोजिए पनि समाजलाई आतंकको नियन्त्रणमा राख्ने खालका गतिविधि नभएको दाबी गरे । उनले भने, ‘माओवादीले सत्ताकब्जा गर्नका लागि हिंसात्मक बाटो उपयुक्त छ भनेर त्यो बाटो समात्यो ।

    तर उपद्रो र आतंकपूर्ण क्रियाकलाप गर्यो । समाजलाई आतंकको भयको नियन्त्रणमा राख्ने त्यस प्रकारका क्रियाकलाप गरेनन् ।’ ओलीले वैधानिक सरकार र संवैधानिक व्यवस्थाविरुद्ध अवैध तथा आपराधिक गतिविधि भएको आरोप पनि लगाए । उनले प्रतिनिधिसभा विघटनसम्बन्धी विषय उठाउँदै संविधानको व्याख्याप्रति प्रश्नसमेत गरे । उनले भने, ‘वैधानिक सरकारलाई, वैधानिक सत्तालाई अवैध, आतंकपूर्ण र आपराधिक क्रियाकलापबाट अपदस्त गर्ने, संविधानविपरीत मात्र होइन, संविधानको धाराले जुन कुरा हुँदैन भन्छ, त्यही काम पूर्वप्रधानन्यायाधीशको अगुवाइमा भयो । बन्देज गरेको कुरा गर्ने काम भयो । अवैध सिफारिसमा जननिर्वाचित सांसद हटाएर संसद् बन्द गर्ने काम भयो । एक तिहाइ विकल्प हुन सक्दैन । दुई तिहाइको प्रधानमन्त्रीले सरकार चलाउन असुविधा भयो, असहज भयो, सम्भव भएन, त्यसकारण विघटन गर्छु भनेर गरिपाऊँ भनी सिफारिस गर्दा असंवैधानिक हुने, अलोकतान्त्रिक हुने । अनि संविधानबाहिरबाट कुन धाराबाट प्रतिनिधिसभाको विघटन ?’ यसैगरी ओलीले देश, जनता, लोकतन्त्र, संविधान र सुशासनको पक्षमा सबै राजनीतिक दलले सहकार्य गर्नुपर्ने बताए ।

    उनले लोकतन्त्रको रक्षा, संविधानको संरक्षण र सुशासन पुनः स्थापित गर्न सबै दलले साझा रूपमा अघि बढ्नुपर्ने आवश्यकता औंल्याए । उनले भने, ‘देशका लागि, जनताको हितमा, लोकतन्त्र फिर्ता ल्याउन, संविधानको रक्षा गर्न र सुशासन फेरि फिर्ता ल्याउन दृढताका साथ अगाडि बढौं । एकजुट भएर अगाडि बढौं। सबै पार्टी एकै ठाउँमा मिलेर एउटै पार्टी बनाएर जाऔं भनेको होइन। पार्टी आफ्ना–आफ्नै भए पनि हुन्छ, तर काममा चाहिँ मिलौं, सहकार्य गरौं।’ ओलीले प्रदेश सरकारको अवस्थाबारे केही अन्योल देखिएको स्वीकार गर्दै त्यसको समाधान छिट्टै गरिने बताए । उनले भने, ‘अहिले प्रदेश सरकारहरूमा अलिकति अन्योलजस्तो देखा परेको छ। तर त्यसको समाधान छिट्टै दिन्छौं। यो अस्पष्टतालाई हामी हटाउँछौं। स्पष्ट ढंगले प्रदेश सरकारहरू र स्थानीय सरकारहरू चल्छन् ।’

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ६.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.