• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

भदौ २३–२४ को घटनाको वैज्ञानिक समीक्षा नगरी चुनौती सामना गर्न सकिँदैनः प्रचण्ड

  •   शुक्रबार, साउन ०८, २०८३ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालै देखिएको राजनीतिक घटनाक्रमले नेपालको राजनीतिक नेतृत्व, सुरक्षा संयन्त्र तथा वामपन्थी आन्दोलनका कमजोरीबारे गम्भीर समीक्षा आवश्यक रहेको बताएका छन् । ४८औँ पुष्पलाल स्मृति दिवसको सन्दर्भमा आयोजित ‘वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलहरूको भूमिका’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले २०८२ भदौ २३ र २४ गते भएको घटनाक्रमलाई प्रतिक्रान्तिकारी परिघटना भन्दै त्यसमा वैदेशिक दबाब र हस्तक्षेप देखिएको दाबी गरे । उनले नेपालको सुरक्षा निकायको भूमिका र समग्र राजनीतिक शक्तिको अवस्थाप्रति प्रश्न उठाउँदै त्यसको वैज्ञानिक समीक्षा नगरी वर्तमान चुनौतीको सामना गर्न नसकिने बताए ।

    प्रचण्डले भने, ‘२०८२ भदौको २३ र २४ गते जुन प्रतिक्रान्तिकारी परिघटना हामीले देख्यौं, जसको वैदेशिक दबाब र हस्तक्षेप पनि देख्यौं । नेपालको सुरक्षा निकायको जस्तो निरीहता हामीले आफ्नै आँखाअगाडि देख्नुपर्यो । सायद नेपालको इतिहासमा सुगौली सन्धिपछि यस्तो निरीहता हामी कसैले इतिहासमा पढ्न पनि परेको थिएन।’ उनले विगतमा अंग्रेजसँग वीरतापूर्वक लड्ने नेपाली सेना र कमाण्डरहरूको इतिहास स्मरण गर्दै अहिलेको अवस्था किन सिर्जना भयो भन्ने प्रश्न गरे । उनले भने, ‘अंग्रेजसँग वीरतापूर्वक लड्ने नेपाली, नेपाली सेना र कमाण्डरहरू भएको शक्ति अहिले आएर यो अवस्थामा के ले पुग्यो रु हामीले हिजो सामन्ती निरंकुशतन्त्रका दमन र अत्याचारविरुद्ध कहिले सशस्त्र संघर्ष, कहिले शान्तिपूर्ण आन्दोलन, कहिले जनयुद्ध र कहिले जनआन्दोलनमार्फत नेपाली जनताको विद्रोहको तागत प्रदर्शन गरेका थियौं ।

    तर भदौ २३ र २४ गतेको घटनासम्म आइपुग्दा वामपन्थी दलहरू किन यति निरीह र शक्तिहीन भए रु त्यसको समुचित, यथोचित र वैज्ञानिक समीक्षा नगरी आजका चुनौतीहरूको सामना गर्न सकिँदैन ।’ प्रचण्डले विगतमा कमीकमजोरीको समीक्षा र आत्मआलोचना हुँदै आए पनि अहिलेको परिस्थितिले सामान्य समीक्षा मात्र पर्याप्त नहुने बताए । उनले वामपन्थी आन्दोलनले कतै गम्भीर त्रुटि गरेको स्वीकार गर्दै हालको अवस्था त्यसैको परिणाम भएको हुन सक्ने धारणा व्यक्त गरे । उनले भने, ‘थुप्रै कुरा भन्न सकिन्छ ।

    हामीले विगतमा थुप्रै कमीकमजोरीहरूको समीक्षा र आत्मआलोचना पनि गरेका छौं । तर यो पटक त्यस्तो सामान्य समीक्षा र सामान्य आत्मआलोचनाले पुग्ने स्थिति छैन । हामीले कहीँ न कहीँ ठूलै त्रुटि गरेका छौं ।’ प्रचण्डले आफ्नै आँखाअगाडि नेपालका धरोहर तथा विभिन्न राजनीतिक दलका पार्टी कार्यालयमा आगजनी र विध्वंस भएको घटनाले गम्भीर प्रश्न उठाएको उल्लेख गर्दै त्यसका कारणबारे गहिरो विश्लेषण आवश्यक रहेको बताए । उनले भने, ‘हामीले कहीँ न कहीँ यति भयानक परिस्थिति सिर्जना हुने, हाम्रा आँखाअगाडि नेपालका धरोहरहरू जलाइने, सबै राजनीतिक दलका पार्टी कार्यालयहरू जलाइने, त्यहाँ रहेका इतिहाससँग सम्बन्धित थुप्रै सामग्रीहरू जलाइने र एकै दिनमा विध्वंस गर्ने परिघटना के कारणले भयो भन्ने विषयमा गम्भीर समीक्षा गर्नुपर्छ ।’ न्युज बैंक

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.