• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ६. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

क्यानडामा आज शनिबार “तेश्रो नेपाल फेस्टिवल–२०२६” हुँदै, लोक गायक खेम सेन्चुरी सहितका कलाकारको बिशेष प्रस्तुति रहने….

  •   शनिबार, साउन ०९, २०८३ मा प्रकाशित
    • अ
    • अ
    • अ

    शिशिर सिखडा, टोरण्टो । क्यानडाको ब्राम्पटन शहरमा आज शनिबार “तेश्रो नेपाल फेस्टिवल–२०२६” हुने भएको छ । लालीगुराँस स्पोट्र्स एण्ड कल्चरल क्लबको आयोजनामा आज शनिबार सो फेस्टिवल हुने लागेको हो । नेपाली कला–संस्कृती, गित–संगीत, भेषभुषा, नेपाली खानाका परिकार, नेपाली हस्ताकला र विभिन्न नेपाली उत्पादनको संरक्षण, सम्बद्र्धन र प्रबद्र्धन गर्ने महोत्सवको मुख्य उध्येश्य रहेको छ । फेस्टिवलको सम्पुर्ण तयारी पूरा भएको मुल आयोजक समितिका संयोजक तथा क्लबका अध्यक्ष बिश्व अधिकारीले जानकारी दिए ।

    मञ्चको तयारीका साथै कार्यक्रम स्थल र वरपर नेपाली झण्डा र नेपाली सस्कृती झल्किने ब्यानर तथा सजावटको ब्यबस्था गरिएको क्लबका अध्यक्ष अधिकारीले बताए । ब्राम्पटन सिटीको सपर वल्र्ड कम्प्लेक्स को प्राङ्गणमा क्यानडाको समय दिउँसो १ बजे बाट बेलुकी ९ बजे सम्म संचालन हुने महोत्सवमा विभिन्न नेपाली खानाको परिकारका स्टल सहित करिब ३० भन्दा बढी व्यावसायिक र सामाजिक स्टल पनि रहने लालीगुराँस स्पोट्र्स एण्ड कल्चरल क्लबका महासचिव एवं नेपाल फेस्टिवल–२०२६” मुल समारोह समितिका सदस्य धर्म न्योपानेले जानकारी दिए। महोत्सवमा गुरुङ, तामाङ, शेर्पा, नेवार, थारु, मधेसी लगायतका विभिन्न जातजातिका भेषभुषा सहितको झाँकी र नृत्यहरु र लाखेनाच पनि प्रस्तुत हुनेछन। महोत्सवमा प्रवेश निशुल्क र पार्किङको पनि निशुल्क ब्यबस्थापन गरिएको क्लबका कोषाध्यक्ष अनिल ज्ञवालीले जानकारी दिए। करिब १० हजार जना भन्दा बढीको सहभागीता रहने आयोजक सस्था लालीगुराँस स्पोट्र्स एण्ड कल्चरल क्लबका उपाध्यक्ष एवं नेपाल फेस्टिवल–२०२६” मुल समारोह समितिका सदस्य श्याम अर्यालले जानकारी दिए। गत बर्षहरुमा पनि लालीगुराँस स्पोट्र्स एण्ड कल्चरल क्लबको आयोजनामा ब्राम्पटन सिटीमा पहिलो र दोस्रो नेपाल फेस्टिवल भब्य रुपमा सम्पन्न भएको थियोे ।

    शनिबार हुने सो फेस्टिवलको उदघाटन क्यानडाका लागि महामहिम नेपाली राजदुत भरतराज पौडेलले गर्नु हुने छ भने कार्यक्रममा क्यानडाका सिटिजन्स तथा मल्टिकल्चरल मन्त्री ग्राहाम म्याकग्रेगोर, संघीय साम्सद सोनिया सिधु, अमन दीप, एनआरएनए क्यानडाका अध्यक्ष जगन सापकोटा लगायतका बिशिस्ट ब्यक्तित्वहरुको उपस्थिति रहने छ । लोक गायक खेम सेन्चुरी सहितका कलाकारको विशेष प्रस्तुति लोक गायक खेम सेन्चुरी कुसल संगीतकार तथा मोडल समेत हुन । महोत्सवमा उनको विशेष प्रस्तुति रहने छ । लोक गायक तथा संगीतकार खेम सेन्चुरी का धेरै लोकप्रिय गीतहरू छन । चर्चित गीतहरू मध्येः

    म त ढलेँ ढलेँ
    मायालाई पानको पात
    सोचेझैँ जिन्दगी रैनछ
    झ्यालमा पर्दा छ
    लरिलरिलै
    उखु गुलियो
    नन्दनी
    कपालु कोरेर
    हान्छु तिमीलाई लौरीले
    जाम साईंली
    सुर्ती माड्दै माड्दै गयो जोवन
    अरेली काँडैले
    कमाउने नि हो
    तिमीलाई पछ्यौरी किनिदिऊँला
    तीजै रमाइलो
    यीमध्ये ‘म त ढलेँ ढलेँ’, ‘मायालाई पानको पात’, ‘सोचेझैँ जिन्दगी रैनछ’ र ‘झ्यालमा पर्दा छ’ विशेष रूपमा निकै चर्चित छन् ।
    उनले कार्यक्रममा आफ्ना दर्जनौं चर्चित गितहरु प्रस्तुत गर्ने छन ।
    महोत्सवमा गायक चेतन सापकोटा, लोक गायिका देवीका केसी, गायक मानसिं खड्का, अर्जुन कुमार, बिन्दा परियार, आशीर्वाद सुवेदी लगायत दर्जन भन्दा बढी कलाकारहरुले नृत्य तथा आ–आफ्नो प्रस्तुति गर्ने आयोजकले जानकारी दिएका छन ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ६.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.