• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

क्यान्सर अस्पतालमा ‘केमो’ लगाउने बिरामीको चाप

  •   बुधबार, साउन १३, २०८३ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा शय्या र दक्ष जनशक्तिको अभावका कारण क्यान्सर बिरामीले केमोथेरापी सेवा लिन पाँच दिनसम्म पालो कुर्नुपर्ने अवस्था सिर्जना भएको छ। अस्पतालमा दैनिक करिब ३०० जना बिरामी केमोका लागि आउने भए पनि उपलब्ध स्रोत–साधनका कारण दैनिक करिब २०० जनालाई मात्र सेवा दिन सकिएको अस्पतालले जनाएको छ।

    हाल अस्पतालमा केमोथेरापीका लागि १५० शय्या छुट्याइएका छन्। केही बिरामीलाई छोटो समयमै उपचार सकेर घर पठाउन सकिने भएकाले एउटै शय्यामा क्रमशः अन्य बिरामीलाई पनि सेवा दिइन्छ। तर बिरामीको अत्यधिक चापका कारण तोकिएको समयमा उपचार गर्न कठिनाइ भइरहेको छ।

    मेडिकल अङ्कोलोजी विभागका प्रमुख डा. गुरुशरण साहका अनुसार केमोथेरापी निर्धारित समयमा दिन सके उपचार प्रभावकारी हुन्छ। तर शय्या र जनशक्तिको अभावले धेरै बिरामीले पाँच दिनसम्म पालो कुर्नुपरेको छ, जसले उपचारको प्रभावकारितामा असर पुर्‍याउन सक्छ। उहाँले प्रादेशिक अस्पतालहरूमा पनि केमो सेवा विस्तार गर्न वा हालको अस्पतालमा थप शय्या र जनशक्ति व्यवस्थापन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

    अस्पतालले एकपटक केमो चढाएबापत रु ५०० सेवा शुल्क लिने गरेको छ भने औषधि भने अस्पतालकै फार्मेसीबाट छुट्टै खरिद गर्नुपर्छ। बिरामीको रोगको अवस्था र प्रयोग हुने औषधिको प्रकारअनुसार केमोको लागत रु १०० देखि लाखौँ रुपैयाँसम्म पुग्न सक्छ। सामान्यतया बिरामीलाई दुई हप्ताको अन्तरमा १२ पटक वा तीन हप्ताको अन्तरमा छ पटकसम्म केमो दिइन्छ भने केही बिरामीले तीन वर्षसम्म पनि नियमित उपचार गराउनुपर्ने हुन्छ।

    नेपालका विभिन्न जिल्लाका साथै भारतीय सीमावर्ती क्षेत्रबाट समेत बिरामी उपचारका लागि यहाँ आउने गरेका छन्। तर लामो समय पालो कुर्नुपर्ने बाध्यताका कारण धेरै बिरामी निजी अस्पताल वा भारत तथा काठमाडौंका अन्य स्वास्थ्य संस्थातर्फ जान बाध्य भएका छन्।

    यसैबीच, चितवन मेडिकल कलेजअन्तर्गतको सीएमसी क्यान्सर इन्स्टिच्युटले सरकारी अस्पतालसरह शुल्कमा केमोथेरापीसहित क्यान्सर उपचार सेवा प्रदान गर्दै आएको जनाएको छ। इन्स्टिच्युटका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाका अनुसार सरकारी अस्पतालमा पालो नपाएका बिरामीसमेत यहाँ उपचारका लागि आउने गरेका छन्। पछिल्लो समय बिरामीको संख्या निरन्तर बढ्दै गएको इन्स्टिच्युटले जनाएको छ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.