• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ४. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ५. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

गैंडाकोट नगरपालिकामा हालसम्म ८६९ जनालाई अपाङ्गता परिचयपत्र वितरण

  •   शनिबार, साउन १६, २०८३ मा प्रकाशित
    • अ
    • अ
    • अ

    गैंडाकोट । गैंडाकोट नगरपालिकाले नगरभित्र रहेका अपाङ्गता भएका व्यक्तिहरूको पहिचान, अधिकार र राज्यबाट पाइने सेवासुविधा सुनिश्चित गर्ने उद्देश्यका साथ अपाङ्गता परिचयपत्र वितरण कार्यलाई निरन्तरता दिँदै आएको छ। स्थानीय तहबाटै पहिचान र वर्गीकरण सुरु भएपछि नगरभित्र हालसम्म परिचयपत्र प्राप्त गर्ने नागरिकहरूको कुल संख्या ८६९ पुगेको छ। नगरपालिकामा प्राप्त हुने निवेदनहरूलाई व्यवस्थित र पारदर्शी रूपमा निरूपण गर्न नगर उपप्रमुखको संयोजकत्वमा ११ सदस्यीय अपाङ्गता परिचयपत्र वितरण समन्वय समिति क्रियाशील रहेको छ। उक्त समितिले स्वीकृत कार्यविधि अनुसार परेका निवेदनहरूको गहन अध्ययन, शारीरिक तथा मानसिक अवस्थाको वर्गीकरण र चिकित्सकको सिफारिसका आधारमा मात्र परिचयपत्र प्रदान गर्ने गर्दछ।

    महिला तथा बालबालिका शाखा प्रमुख राधा पौडेल लम्सालका अनुसार अद्यावधिक तथ्याङ्क अनुसार नगरभित्र ‘क’ वर्ग (पूर्ण अपाङ्गता) का १३७ जना, ‘ख’ वर्ग (अति अशक्त) का ४२२ जना, ‘ग’ वर्ग (मध्यम अपाङ्गता) का २०९ जना र ‘घ’ वर्ग (सामान्य अपाङ्गता) का १०१ जना गरी कुल ८६९ जनाले परिचयपत्र प्राप्त गरिसकेका छन्। यसै प्रक्रियालाई निरन्तरता दिने क्रममा हालै परेका १७ वटा निवेदनहरूमध्ये कार्यविधि अनुसार मापदण्ड पुगेका ११ जनालाई नयाँ परिचयपत्र उपलब्ध गराइएको छ। अपाङ्गताको प्रकृति र वर्गीकरण अनुसार परिचयपत्र वाहकहरूले राज्य तथा स्थानीय तहबाट फरक-फरक सेवासुविधा पाउँदै आएका छन्। ‘क’ र ‘ख’ वर्गका नागरिकहरूले सरकारबाट नियमित सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएका छन् भने ‘ग’ वर्गका नागरिकहरूका लागि नगरपालिकाले नि:शुल्क स्वास्थ्य बिमा र विभिन्न अनुदान कार्यक्रमहरूमा प्राथमिकताको व्यवस्था गरेको छ।

    त्यसैगरी ‘घ’ वर्गका नागरिकहरूले लोकसेवा आयोग लगायतका सरकारी परीक्षा तयारीमा समावेशी कोटा, छुट र विशेष सुविधाका साथै लक्षित अनुदानहरूमा सहभागिताको अवसर पाउने गरेका छन्। नगरभित्रका कुनै पनि अपाङ्गता भएका नागरिक राज्यले दिएको अधिकार, पहिचान र सुविधाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले उपप्रमुख नेतृत्वको समितिले कार्यविधि बमोजिम पारदर्शी रूपमा नियमित काम गरिरहेको महिला तथा बालबालिका शाखाले जनाएको छ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ४.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ५.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.