• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ४. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ५. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

दाह्रा काटिएको ध्रुर्वे निकुञ्जभित्रैः १०÷१० मिनेटमा अनुगमन

  •   सोमबार, साउन १८, २०८३ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवन राष्ट्रिय निकुञ्ज आसपासका बासिन्दालाई लामो समयदेखि त्रसित बनाउँदै आएको जङ्गली हात्ती ‘ध्रुर्वे’ का दुवै दाह्रा काटिएपछि उसको गतिविधिमा उल्लेख्य परिवर्तन देखिएको छ। निकुञ्ज प्रशासनका अनुसार असार ३१ गते ध्रुर्वेलाई नियन्त्रणमा लिएर चितवन राष्ट्रिय निकुञ्जको सुखिभार पोस्ट नजिक दुवै दाह्रा काटिएको थियो। साथै, उसको गतिविधि निरन्तर निगरानी गर्न शरीरमा नयाँ रेडियो कलर पनि जडान गरिएको छ।
    निकुञ्जका संरक्षण अधिकृत प्रवीन पौडेलका अनुसार दाह्रा काटिएयता ध्रुर्वे अधिकांश समय निकुञ्जभित्रै बसिरहेको छ। आइतबार बिहान भने माडीस्थित अमेलिया कृषि फार्म क्षेत्रमा पुगेको जानकारी स्थानीयवासीले दिएका थिए। उक्त स्थान निकुञ्जसँग जोडिएको रिउ खोलाको किनारमा पर्ने भएकाले हात्ती त्यहाँसम्म पुगे पनि बस्तीभित्र प्रवेश गरेर कुनै क्षति नपुर्‍याएको जनाइएको छ।

    रेडियो कलरमार्फत ध्रुर्वेको अवस्थाबारे हरेक १० मिनेटमा सूचना संकलन भइरहेको छ। निकुञ्ज प्रशासन र नेपाली सेनाको ‘अपरेसन युनिट’ले संयुक्त रूपमा हात्तीको गतिविधि निगरानी गरिरहेको छ। हात्ती बस्ती नजिक पुगेको संकेत प्राप्त हुनासाथ आसपासका बासिन्दालाई तत्काल जानकारी गराइने व्यवस्था मिलाइएको छ, जसले सम्भावित जोखिम न्यूनीकरणमा सहयोग पुगेको निकुञ्ज प्रशासनको भनाइ छ।

    संरक्षण अधिकृत पौडेलका अनुसार ध्रुर्वे जुनसुकै बेला बस्ती पस्न सक्ने भएकाले प्रशासन पूर्ण तयारी अवस्थामा रहेको छ। नियन्त्रणका क्रममा डार्टमार्फत दिइएको औषधिका कारण केही समय हात्तीको व्यवहार शिथिल देखिए पनि उसलाई पूर्ण रूपमा सुरक्षित मान्न नसकिने भएकाले सतर्कता अझै कायम राखिएको छ।

    ध्रुर्वे नेपालकै सबैभन्दा बढी मानव क्षति गराउने जङ्गली हात्तीमध्ये एक मानिन्छ। हालसम्म करिब २५ जनाको ज्यान लिएको यो हात्तीले गत असार २० गते राति माडीमा एकै परिवारका दुई जनाको ज्यान लिएको थियो। त्यसपछि प्रशासनले नियन्त्रणमा लिएर चौथोपटक उसका दाह्रा काट्नुका साथै नयाँ रेडियो कलर जडान गरेको हो। निकुञ्जका अनुसार दाह्रा काटिएपछि हात्तीको आक्रामक गतिविधिमा केही कमी आएको देखिएको छ।

    हात्ती बस्तीतर्फ लागेको सूचना प्राप्त भएलगत्तै मध्यवर्ती उपभोक्ता समिति, सामुदायिक वन, वडा कार्यालय, स्थानीय टोल विकास संस्था तथा सुरक्षा निकायलाई तत्काल खबर गरिन्छ। त्यसपछि संयुक्त टोली घटनास्थलमा पुगेर हात्तीलाई सुरक्षित रूपमा निकुञ्जभित्र फर्काउने प्रयास गर्ने व्यवस्था गरिएको छ।

    निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनका अनुसार ध्रुर्वे बथानबाट अलग परेपछि बस्ती पस्न थालेको अनुमान गरिएको छ। यद्यपि पहिले बथानसँग हिँड्ने माडीका धोवा, तमोरताल, खोरियामुहान र देउराली क्षेत्रमा अहिले पनि उसको आवतजावत रहने गरेको छ।

    ध्रुर्वेको हिंसात्मक इतिहास निकै लामो छ। विसं २०७४ मा उसले नेपाली सेनाका एक सेनानीलाई आक्रमण गरी मारेको थियो। यसअघि विसं २०६८–६९ तिर लगातार मानव आक्रमण बढेपछि विसं २०६९ पुस १ गते प्रमुख जिल्ला अधिकारीसहितको बैठकले हात्तीलाई मार्ने निर्णयसमेत गरेको थियो। तर, सेनाको गोलीबाट जोगिँदै आएको ध्रुर्वे हालसम्म जीवित छ। विशेषगरी २०६९ सालको कात्तिकदेखि एक महिनाभित्र माडीमा मात्रै चार जनाको ज्यान लिएपछि उसलाई मार्ने निर्णय गरिएको थियो।

    चितवन राष्ट्रिय निकुञ्जमा ध्रुर्वेसँगै रोनाल्डो र गोविन्दे जस्ता अन्य मत्ता हात्ती पनि रहेका छन्। प्रमुख संरक्षण अधिकृत पुनका अनुसार निकुञ्जभित्र हाल करिब ४५ देखि ५० वटा जङ्गली हात्ती छन्। यही समूहबाट प्राकृतिक रूपमा प्रजनन हुँदै हात्तीको संरक्षण र संख्या व्यवस्थापन गर्ने काम भइरहेको छ। निकुञ्ज प्रशासनले ध्रुर्वेमाथिको निरन्तर निगरानी, स्थानीयसँगको समन्वय र सुरक्षा सतर्कतामार्फत मानव–हात्ती द्वन्द्व न्यूनीकरण गर्ने प्रयासलाई अझ प्रभावकारी बनाउने जनाएको छ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ४.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ५.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.