• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ४. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ५. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

ढिलासुस्ती नगर्न निर्माण व्यवसायीलाई रत्ननगरको निर्देशन

  •   सोमबार, साउन १८, २०८३ मा प्रकाशित
    • अ
    • अ
    • अ

    रत्ननगर । पूर्वी चितवनको रत्ननगर नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का बाँकी रहेका विकास आयोजनाहरू निर्धारित समयसीमाभित्र गुणस्तरीय रूपमा सम्पन्न गर्ने लक्ष्यसहित निर्माण व्यवसायी तथा सरोकारवालासँग समीक्षा तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ।

    नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर प्रमुख प्रलाद सापकोटा, प्राविधिक कर्मचारी, निर्माण व्यवसायी तथा सम्बन्धित पक्षहरूको सहभागिता रहेको थियो। कार्यक्रममा हाल सञ्चालनमा रहेका विभिन्न विकास योजनाको प्रगति, देखिएका चुनौती तथा समयमै सम्पन्न गर्न आवश्यक समन्वयका विषयमा विस्तृत छलफल गरिएको थियो।

    समीक्षा बैठकमा नगरपालिकाका गौरवका आयोजनाका रूपमा रहेका रत्ननगर हरियाली पार्क, लौरीघोल ताल संरक्षण परियोजना, सौराहा सडक स्तरोन्नति, विभिन्न स्थानका नाला निर्माण, बछौली माध्यमिक विद्यालय भवन निर्माण तथा विभिन्न वडामा सञ्चालन भइरहेका कालोपत्रे सडक योजनाको प्रगतिबारे विस्तृत जानकारी प्रस्तुत गरिएको थियो। आयोजनाहरूको हालसम्मको उपलब्धि, बाँकी काम र निर्माण प्रक्रियामा देखिएका समस्या तथा समाधानका उपायबारे सहभागीहरूबीच खुला छलफल भएको थियो।

    कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख प्रलाद सापकोटाले विकास निर्माणका काममा कुनै पनि प्रकारको ढिलासुस्ती स्वीकार्य नहुने स्पष्ट पार्दै चालु आर्थिक वर्षभित्र सबै आयोजना सम्पन्न गर्न निर्माण व्यवसायीलाई पहिलो त्रैमासिकदेखि नै कामको गति बढाउन निर्देशन दिए। उनले निर्माण कार्यको गुणस्तर कायम राख्दै नियमित अनुगमन, समयमै सामग्री व्यवस्थापन तथा प्राविधिक मापदण्डको पूर्ण पालना गर्न आग्रह गरे।

    निर्माण व्यवसायीहरूले भने निर्माण सामग्रीको आपूर्ति, मौसमको प्रतिकूलता, प्राविधिक प्रक्रियाका केही जटिलता तथा अन्य व्यवहारिक समस्याका कारण काम प्रभावित भएको जानकारी गराउँदै नगरपालिकाको थप सहजीकरण आवश्यक रहेको धारणा राखेका थिए।

    जवाफमा नगर प्रमुख सापकोटाले निर्माण व्यवसायीहरूले उठाएका समस्याप्रति नगरपालिका गम्भीर रहेको उल्लेख गर्दै आवश्यक समन्वय, सहजीकरण तथा प्राविधिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे। उनले विकास आयोजना समयमै सम्पन्न हुनु नगरवासीको अपेक्षा र नगरपालिकाको प्राथमिकता दुवै भएकाले सबै पक्ष जिम्मेवार र जवाफदेही भएर काम गर्नुपर्नेमा जोड दिए।

    नगरपालिकाले यस्ता समीक्षा तथा अन्तरक्रिया कार्यक्रमलाई नियमित बनाउँदै आयोजनाको प्रगति निरन्तर मूल्याङ्कन गर्ने र समयमै सम्पन्न गर्न आवश्यक सहकार्यलाई थप प्रभावकारी बनाउने जनाएको छ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ४.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ५.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.