भरतपुर । दिगो जीवनको स्वस्थ सुरुवात: प्रभावकारी स्तनपानको लागि सबैको साथ भन्ने मूल नाराका साथ विश्व स्तनपान सप्ताह (अगस्ट १–७) को अवसरमा नर्सिङ कलेज र एनपीआइ–नारायणी सामुदायिक अस्पतालको संयुक्त आयोजनामा विशेष जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा बिएसएन तेस्रो वर्षका विद्यार्थीहरूद्वारा स्तनपानको महत्त्वसम्बन्धी जनचेतनामूलक प्रस्तुति तथा समेत आयोजना गरिएको थियो।
नारायणी सामुदायिक अस्पतालमा सम्पन्न कार्यक्रममा आमाको दूध तथा स्तनपानको महत्त्व, शिशुको स्वास्थ्य र पोषणसम्बन्धी विषयमा जनचेतना अभिवृद्धि गरिएको थियो। साथै, विद्यार्थीहरूले आफ्नो सिर्जनात्मकता तथा व्यावहारिक ज्ञानलाई मार्फत प्रस्तुत गरेका थिए। कार्यक्रम प्रधानाचार्य निशा ढकाल तथा अस्पतालकी मेट्रोन सबिना गुरुङको नेतृत्व तथा सहजीकरणमा सम्पन्न भएको थियो।








