• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

चितवनमा एक महिना नपुग्दै ३४ जनामा स्क्रब टाईफस र ४ जनामा डेंगुको संक्रमण पुष्टि

  •   बिहिबार, साउन २८, २०८३ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवन जिल्लामा डेंगु र स्क्रब टाईफसका बिरामीहरू बढ्न थालेका छन्। जनस्वास्थ्य कार्यालय, चितवनले साउन १ गतेदेखि साउन २८ गते सम्मको दैनिक अद्यावधिक तथ्याङ्क सार्वजनिक गर्दै जिल्लाभित्र र बाहिरका गरी हालसम्म ३४ जनामा स्क्रब टाईफस र ४ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको जनाएको छ। कार्यालयका अनुसार सङ्क्रमण परीक्षण गरिएका कुल २११ जनामध्ये ३४ जनामा स्क्रब टाईफस पोजेटिभ देखिएको छ भने १७८ जनाको परीक्षण गर्दा ४ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ।

    जिल्लाका स्थानीय तहहरूको विवरण हेर्दा भरतपुर महानगरपालिकामा स्क्रब टाईफसको जोखिम बढी देखिएको जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी राम केसीले जानकारी दिए। भरतपुरमा १ पुरुष र ४ महिला गरी कुल ५ जनामा स्क्रब टाईफस सङ्क्रमण पुष्टि भएको छ। यस्तै, रत्ननगर नगरपालिकामा १ जना पुरुषमा स्क्रब टाईफस भेटिएको छ। डेंगु सङ्क्रमणतर्फ भने कालिका नगरपालिकामा १ जना महिला र इच्छाकामना गाउँपालिकामा १ जना पुरुष गरी जिल्लाभित्रका २ जनामा सङ्क्रमण पुष्टि भएको छ। खैरहनी, माडी र राप्ती नगरपालिकामा भने हालसम्म डेंगु र स्क्रब टाईफस दुवैको सङ्क्रमण शून्य रहेको छ। चितवनका स्वास्थ्य संस्थाहरूमा उपचारका लागि अन्य जिल्लाबाट आएका बिरामीहरूमा सङ्क्रमणको दर उच्च देखिएको छ।

    अन्य जिल्लाका ११ पुरुष र १७ महिला गरी कुल २८ जनामा स्क्रब टाईफस सङ्क्रमण पुष्टि भएको छ भने २ जना पुरुषमा डेंगु भेटिएको छ। पछिल्लो २४ घण्टामा जिल्लामा डेंगुका २ जना (कालिकाका १ र अन्य जिल्लाका १) तथा स्क्रब टाईफसका २ जना (अन्य जिल्लाका) नयाँ बिरामी थपिएका छन्। केसीका अनुसार अहिलेको मौसम डेंगु र स्क्रब टाइफसको संक्रमण फैलिने सिजन नै हो । वर्षायाम सुरु भएसँगै कीटजन्य रोगहरूको जोखिम बढ्ने भएकाले आफ्नो वरपरको वातावरण सफा राख्न, पानी जम्न नदिन र लामखुट्टे तथा माइटको टोकाइबाट बच्न जनस्वास्थ्य कार्यालय चितवनले आग्रह गरेको छ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.