• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ४. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ५. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ८. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ९. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

मुग्लिन–मलेखु सडक तीन वर्षमा ४६ प्रतिशत मात्रै प्रगति

  •   शुक्रबार, साउन २९, २०८३ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । पृथ्वी राजमार्गअन्तर्गत नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मलेखु–मुग्लिन सडक स्तरोन्नतिको काम सम्झौताको तीन वर्ष छ महिना बितिसक्दा पनि ४६ प्रतिशत मात्र पूरा भएको छ। निर्धारित समयसीमाभित्र काम सम्पन्न गर्ने लक्ष्य राखिए पनि विभिन्न प्राविधिक तथा व्यवस्थापकीय समस्याका कारण निर्माण कार्य अपेक्षाकृत सुस्त देखिएको हो।

    करिब ९५ किलोमिटर लामो नागढुङ्गा–मुग्लिन सडकलाई स्तरोन्नतिका लागि तीन प्याकेजमा विभाजन गरिएको छ। पहिलो प्याकेजमा नागढुङ्गा–नौबिसे, दोस्रोमा नौबिसे–मलेखु र तेस्रोमा मलेखु–मुग्लिन खण्ड राखिएको छ। तेस्रो प्याकेजअन्तर्गतको सडक ३८ दशमलव ८६ किलोमिटर लामो रहेको छ।

    विसं २०७९ पुस १५ गते तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको उक्त खण्डमा हालसम्म करिब १८ किलोमिटर सडक कालोपत्रे भएको छ। आयोजनाका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार कालोपत्रेसहित समग्र भौतिक प्रगति ४६ प्रतिशत पुगेको छ। बर्खाको मौसमका कारण अहिले निर्माणको गति केही सुस्त रहेको र वर्षा कम भएपछि कामलाई पुनः तीव्रता दिइने उहाँले बताउनुभयो।

    तेस्रो प्याकेजअन्तर्गत सडक क्षेत्रमा रहेका छवटा पुलमध्ये चारवटाको निर्माण अन्तिम चरणमा पुगेको छ। बाँकी दुई पुलको स्ट्रक्चर निर्माण भइरहेको आयोजनाले जनाएको छ। सडक निर्माणका क्रममा घर, रुख तथा विद्युत् पोल स्थानान्तरण गर्नुपर्ने अवस्था आउनुका साथै नक्साङ्कनमा समेत परिवर्तन गर्नुपरेकाले काममा ढिलाइ भएको मिश्रले बताउनुभयो।

    निर्माणस्थलमा रहेका विद्युत् पोल अझै पूर्ण रूपमा स्थानान्तरण हुन सकेका छैनन्। त्यस्तै, आवश्यक निर्माण सामग्री समयमा उपलब्ध नहुँदा पनि निर्माण कार्य प्रभावित भएको आयोजनाको भनाइ छ। पछिल्लो समय सडक कालोपत्रेका लागि आवश्यक बिटुमिनको अभावले समेत काममा थप ढिलाइ भएको बताइएको छ।

    सूचना अधिकारी मिश्रका अनुसार विभिन्न कारणका बाबजुद निर्माण कम्पनीले कालोपत्रेका लागि आवश्यक दुईवटा अस्फाल्ट प्लान्ट सञ्चालनमा ल्याउन नसक्दा अपेक्षित गतिमा काम अघि बढ्न सकेको छैन। अब वर्षायाम सकिएपछि निर्माण कार्यलाई तीव्र बनाउने तयारी गरिएको उहाँले जानकारी दिनुभयो।

    कूल चार अर्ब ८० करोड ५९ लाख रुपैयाँ लागतमा निर्माण भइरहेको उक्त सडकको जिम्मेवारी शर्मा–जेडआइसिजीले पाएको हो। निर्माण कम्पनीले विसं २०८२ पुस १५ गतेभित्र काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएको थियो। विश्व बैंकको सहुलियतपूर्ण ऋणमा सञ्चालन भइरहेको यो आयोजना राजधानी प्रवेश गर्ने र बाहिरिने सवारीसाधनका लागि महत्वपूर्ण मानिन्छ।

    हाल उक्त सडक हुँदै दैनिक करिब १५ हजार सवारीसाधन आवतजावत गर्ने अनुमान गरिएको छ। सडक स्तरोन्नति पूरा भएपछि साँघुरो सडक, अवरोध र यातायात चापका कारण यात्रुले भोग्दै आएको समस्या कम हुने अपेक्षा गरिएको छ। आयोजना सम्पन्न भएपछि राजधानी र देशका विभिन्न भागबीचको आवागमन थप सहज, सुरक्षित र व्यवस्थित हुने विश्वास गरिएको छ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ४.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ५.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.