• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

कृषि विश्वविद्यालयमा पहुँचका भरमा वर्षौँदेखि अड्डा जमाएका ३८ शिक्षक–कर्मचारीको एकैपटक काज फिर्ता

  •   शनिबार, साउन ३०, २०८३ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको केन्द्रीय कार्यालयमा वर्षौँदेखि काजका नाममा अड्डा जमाएर बसेका ३८ जना शिक्षक तथा कर्मचारीको एकैपटक काज फिर्ता गरिएको छ। शक्ति र पहुँच को भरमा केन्द्रीय कार्यालयमै टिकिरहेका ४ जना शिक्षक र ३४ जना कर्मचारीलाई दरबन्दी भएकै आङ्गिक कलेज तथा अनुसन्धान केन्द्रहरूमा हाजिर हुन पत्राचार गरिएको हो। विश्वविद्यालयको नियमावली तथा निर्देशिका अनुसार कुनै पनि कर्मचारी वा शिक्षकलाई बढीमा एक वर्षसम्मका लागि मात्र काजमा खटाउन पाइने स्पष्ट व्यवस्था छ।

    तर, पहुँचका आधारमा कतिपय कर्मचारीहरू नियम विपरीत ७ देखि ८ वर्षसम्म निरन्तर रूपमा केन्द्रीय कार्यालयमै काज सरुवा मिलाएर बस्दै आएका थिए। विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राडा ऋषिराम कट्टेलको अध्यक्षतामा साउन ८ गते बसेको कार्यकारी परिषद्को ३१८ औँ बैठकले ‘विश्वविद्यालय मातहतका सबै निकायमा नियमविपरीत रहेको काज फिर्ता गरी भदौ १ गतेभित्र आफ्नो पदास्थापन (दरबन्दी) रहेको निकायमा हाजिर हुने’ निर्णय गरेको हो। सोही निर्णय अनुसार विश्वविद्यालयका रजिष्ट्रारको हस्ताक्षरसहित सम्बन्धित निकाय र कर्मचारीहरूलाई पत्राचार गरिसकिएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयको छनौट तथा सिफारिस समितिले अघि बढाएको प्रतिस्पर्धात्मक प्रक्रियाबाट छानिएर गत असार १९ मा उपकुलपतिमा नियुक्त हुनुभएका कट्टेलले पदबहालीसँगै ‘आफू सुध्रिने र विश्वविद्यालय सुधार्ने’ प्रतिबद्धता जनाउनुभएको थियो।

    सोही प्रतिबद्धता अनुरूप विश्वविद्यालयमा सुशासन कायम गर्न यो कडा कदम चालिएको हो। विश्वविद्यालयका रजिष्ट्रार प्राडा सुविर सिंहका अनुसार केन्द्रीय कार्यालयमा प्रशासनिक र लेखा बाहेकका अन्य विषयमा धेरै कर्मचारीको आवश्यकता नरहे पनि अधिकांश कर्मचारीहरू आङ्गिक कलेज छोडेर केन्द्रीय कार्यालयमै बस्ने प्रवृत्ति बढेको थियो। ‘हाम्रो निर्देशिकामा काज सरुवा बढीमा एक वर्षका लागि मात्र हुने व्यवस्था छ। तर, यहाँ ७–८ वर्षदेखि काजमै बसिरहेको पाइयो,’ रजिष्ट्रार सिंहले भने, ‘नियमले तोकेको एक वर्षको अवधि कटाइसकेका ३४ कर्मचारी र ४ शिक्षक गरी कुल ३८ जनालाई दरबन्दी भएकै स्थानमा फिर्ता पठाइएको हो।’ उनले आङ्गिक कलेजहरूको पठनपाठन र व्यवस्थापन सुदृढ बनाउन तथा विकेन्द्रीकरणको भावना अनुसार उनीहरूलाई सम्बन्धित कलेजहरूमा पठाइएको स्पष्ट पारे।

    एकैपटक ३८ जनाको काज फिर्ता हुँदा केन्द्रीय कार्यालय तथा मातहतका केही शाखाहरूमा काम प्रभावित हुन सक्ने सम्भावनालाई सम्बोधन गर्न विश्वविद्यालयले नेपाल सरकारको निजामती सेवा जस्तै चक्रीय सरुवा प्रणाली ल्याउने तयारी गरेको छ। रजिष्ट्रार सिंहका अनुसार विश्वविद्यालयले आङ्गिक कलेजहरूलाई विभिन्न समूह (क्लस्टर)मा विभाजन गरेको छ। अहिले काज फिर्ता भएकाहरूलाई नजिकैका क्लस्टरमा पठाइएको र भदौभित्रै परिमार्जित सरुवा निर्देशिका लागू गरी आवश्यकता अनुसार चक्रीय प्रणालीमा सरुवा र पदपूर्ति गरिनेछ। यसका साथै, सेवा आयोग मार्फत स्थायी पदपूर्तिको प्रक्रिया समेत अगाडि बढाउने तयारी भइरहेको छ। यसैबीच, काज फिर्ताको निर्णयलाई लिएर केही कर्मचारीहरूले भने असन्तुष्टि व्यक्त गरेका छन्।

    विद्यार्थी संख्या न्यून रहेका वा भर्ना भइनसकेका कलेजहरूमा फिर्ता पठाइएको र केही संकायका शाखाहरू नै खाली हुने गरी निर्णय गर्दा परीक्षाफल प्रकाशन लगायतका सेवा प्रभावित हुने दाबी असन्तुष्ट कर्मचारीहरूको छ। यद्यपि, विश्वविद्यालय प्रशासनले भने नयाँ भर्ना सत्र सुरु हुन लागेकाले कलेजहरूमा विद्यार्थी पुग्ने र शैक्षिक वातावरण सुधारका लागि यो निर्णय अनिवार्य रहेको जनाएको छ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.