• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ४. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ५. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

चितवनमा मनाइयो ३२औँ तामाङ प्रसारण दिवस संस्थागत विकासका लागि भौतिक पूर्वाधारमा जोड

  •   सोमबार, भदौ ०१, २०८३ मा प्रकाशित
    • अ
    • अ
    • अ

    भरतपुर । तामाङ पत्रकार संघ चितवनले सोमबार भरतपुरमा ३२औँ तामाङ प्रसारण दिवस मनाएको छ । सोमबार सम्पन्न कार्यक्रममा तामाङ भाषा, सञ्चार तथा पत्रकारिताको विकाससँगै संस्थागत सुदृढीकरणका विषयमा छलफल गरिएको थियो । कार्यक्रमको उद्घाटन तामाङ पत्रकार संघ बागमती प्रदेशका सदस्य तथा प्रमुख अतिथि बबिलाल तामाङले ब्यानर वाचन गरेर गरेका थिए । उद्घाटनपछि बोल्दै उनले तामाङ भाषाको संरक्षण र प्रवर्द्धनका लागि भाषा प्रशिक्षणलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।

    तामाङ समुदायमा भाषाको प्रयोग बढाउन नियमित भाषा प्रशिक्षणसँगै सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको उनको भनाइ थियो । उनले तामाङ पत्रकार संघ चितवनको संस्थागत विकासका लागि आफ्नै भवन निर्माण गर्ने पहललाई अघि बढाउनुपर्नेमा जोड दिए । संस्थाको स्थायित्व कायम गर्दै पत्रकारिता गतिविधिलाई प्रभावकारी बनाउन भौतिक पूर्वाधार आवश्यक रहेको उनले बताए । कार्यक्रम तामाङ पत्रकार संघ चितवनका अध्यक्ष प्रकाश तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो । संघका सन्तोष तामाङले स्वागत मन्तव्य व्यक्त दिएका थिए भने कार्यक्रमको सञ्चालन प्रतिमा तामाङले गरेकी थिइन् । कार्यक्रममा संघकी सदस्य विना तामाङले अतिथिहरूलाई खादा ओढाएर सम्मान गरिन् ।

    संघका संस्थापक अध्यक्ष उर्गेन तामाङ, संस्थापक उपाध्यक्ष सरस्वती तामाङ, निवर्तमान सचिव राजेश रुम्बा लामा र कोषाध्यक्ष युवक तामाङले पनि मन्तव्य व्यक्त गरेका थिए । वक्ताहरूले तामाङ भाषा, संस्कृति र पहिचानको संरक्षण तथा प्रवर्द्धनमा सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै तामाङ पत्रकारितालाई थप व्यवस्थित, प्रभावकारी र संस्थागत बनाउनुपर्नेमा जोड दिए । तामाङ प्रसारण दिवसले तामाङ भाषामा सञ्चार सामग्रीको उत्पादन तथा प्रसारणका साथै मातृभाषाको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको वक्ताहरूको भनाइ थियो । कार्यक्रममा आगामी दिनमा तामाङ पत्रकारिता तथा भाषाको विकासका लागि थप सक्रिय भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो ।

    २०५१ साल भदौ १ गते रेडियो नेपालबाट पहिलोपटक तामाङ भाषामा समाचार प्रसारण भएको हो भने सोही दिनको सम्झनामा हरेक वर्ष तामाङ प्रसारण दिवस मनाइँदै आएको छ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ४.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ५.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.