• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ६. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

अङ्कुरम् एकेडेमीमा बृहत् दन्त शिविर :बाह्र सय बढी लाभान्वित

  •   शुक्रबार, भदौ ०५, २०८३ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर–७, कृष्णपुरस्थित अङ्कुरम् एकेडेमीमा आयोजित दुईदिने बृहत् दन्त शिविर शुक्रबार सम्पन्न भएको छ । विद्यालयको स्वास्थ्य तथा कल्याण विभागको आयोजना तथा चितवन मेडिकल कलेज (सिएमसी) को प्राविधिक सहयोगमा सञ्चालित उक्त शिविरमा एक हजार २४३ जना विद्यार्थी तथा शिक्षक–कर्मचारीको दन्त परीक्षण गरिएको विद्यालयले जनाएको छ । विद्यालयमा अध्ययनरत बालबालिका तथा कार्यरत शिक्षक–कर्मचारीको मुख तथा दन्त स्वास्थ्यको अवस्थाबारे जानकारी लिने, आवश्यक परामर्श प्रदान गर्ने र समयमै थप उपचारका लागि सचेत गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको हो ।

    मुख स्वास्थ्यको प्रत्यक्ष सम्बन्ध समग्र शारीरिक स्वास्थ्य, आत्मविश्वास तथा दैनिक जीवनको गुणस्तरसँग जोडिएको तथ्यलाई मध्यनजर गर्दै विद्यालयले दन्त शिविरलाई आफ्नो वार्षिक स्वास्थ्य कार्यक्रमअन्तर्गत समावेश गर्दै आएको स्वास्थ्य तथा कल्याण विभागकी प्रमुख निर्देशक सरला पौडेलले जानकारी दिइन् । उनका अनुसार विशेषगरी बालबालिकालाई सानै उमेरदेखि मुख तथा दाँतको उचित हेरचाह गर्ने बानीको विकास गराउनु आवश्यक छ । नियमितरूपमा दाँत माझ्ने, स्वस्थकर खानपान अपनाउने तथा समय–समयमा दन्त परीक्षण गराउने बानीले भविष्यमा देखा पर्नसक्ने विभिन्न दन्त समस्यालाई न्यूनीकरण गर्न सहयोग पुग्ने उनले बताइन् । शिविरमार्फत विद्यार्थीलाई दन्त स्वास्थ्यसम्बन्धी आवश्यक जानकारी तथा सचेतना पनि प्रदान गरिएको थियो । चितवन मेडिकल कलेजको डेन्टल विभागका प्रमुख डा. उपासना देवको नेतृत्वमा रहेको सात सदस्यीय चिकित्सक टोलीले दुई दिनसम्म विद्यार्थी तथा शिक्षक–कर्मचारीको दाँत र मुखको परीक्षण गरेको थियो ।

    परीक्षणका क्रममा अधिकांश साना विद्यार्थीमा दाँत किराले खाने समस्या देखिएको छ । त्यस्तै ठूला विद्यार्थीहरूमा दाँत बाङ्गोटिङ्गो हुने तथा दाँतको उचित व्यवस्थापन आवश्यक पर्ने समस्या बढी देखिएको थियो । चिकित्सकका अनुसार चकलेट, बिस्कुट, मिठाइँ तथा अन्य बढी गुलिया र दाँतमा टाँसिने खानेकुराको अत्यधिक सेवन, मुख तथा दाँतको कमजोर सरसफाइ, फ्लोराइडको कमी र मुख सुख्खा हुनेलगायत कारणले दाँत किराले खाने समस्या देखा पर्न सक्छ । त्यसैले खानेकुरा खाएपछि मुख सफा गर्ने, दिनमा कम्तीमा दुई पटक सही तरिकाले दाँत माझ्ने तथा नियमित दन्त परीक्षण गराउने बानी अपनाउन चिकित्सक टोलीले सुझाव दिएको छ । दन्त परीक्षणपछि गम्भीर प्रकृतिका समस्या देखिएका आठ जना विद्यार्थी तथा थप परीक्षण वा उपचार आवश्यक रहेका करिब ५० जना विद्यार्थीलाई विशेषज्ञ उपचारका लागि रिफर गरिएको विद्यालयले जनाएको छ । विद्यालयले भविष्यमा पनि विद्यार्थीको शारीरिक, मानसिक तथा समग्र स्वास्थ्यलाई प्राथमिकतामा राख्दै यस्ता स्वास्थ्यसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ६.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.