• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ४. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ५. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ६. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ७. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ८. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ९. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • १०. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

रसुवा बाढीमा बेपत्ता भएका व्यक्तिका शव पहिचान गर्न कठिन, दुई जनाको मात्र सनाखत

  •   शुक्रबार, भदौ १२, २०८३ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । रसुवामा आएको विनाशकारी बाढीले बगाएर नारायणी र त्रिशूली नदी किनारमा फेला परेका शवहरूको पहिचान गर्न निकै कठिन भएको छ। शुक्रबार दिनभर बेपत्ता व्यक्तिका परिवार र आफन्तहरू भरतपुरमा शव खोज्दै हिँडे पनि हालसम्म दुई जनाको मात्रै सनाखत भएको छ। पहिचान हुनेमा बाँकेको कोहलपुर नगरपालिका–११ का २३ वर्षीय कबिरलाल चौधरी र नुवाकोटको तारकेश्वर गाउँपालिका–४ का रामकाजी पौडेल रहेका छन्। भरतपुर अस्पतालको शवगृह तथा औद्योगिक प्रदर्शनी केन्द्रमा स्थापना गरिएको अस्थायी शव संकलन केन्द्र शवहरूले भरिएका छन्।

    तर अधिकांश शवको अवस्था बिग्रिएकाले पहिचान गर्न समस्या भइरहेको छ। शव पहिचानका लागि औद्योगिक प्रदर्शनी केन्द्रमा टेलिभिजनमार्फत शवका तस्वीर प्रदर्शन गरिएको छ। बेपत्ता व्यक्तिका आफन्तहरू दिनभर ती तस्वीर नियालेर आफ्ना परिवारका सदस्यको खोजीमा बसेका थिए। यो समाचार तयार पार्दासम्म दुई जनाको मात्र सनाखत भएको छ। अस्पतालको शवगृह र संकलन केन्द्रमा राखिएका शवहरूबाट दुर्गन्ध फैलिन थालेको छ। देशका विभिन्न जिल्लाबाट बेपत्ता आफन्तको खोजीमा आएका परिवारजन भरतपुर पुगेका छन्। संकलित शवमध्ये ५५ वटा शव यति क्षतविक्षत अवस्थामा छन् कि महिला वा पुरुष भनेर समेत छुट्याउन कठिन भएको प्रशासनले जनाएको छ। यसैबीच, बागमती प्रदेश सरकारका स्वास्थ्य तथा सामाजिक विकास मन्त्री गिरबहादुर तामाङ शुक्रबार भरतपुर पुगेर बेपत्ता नागरिकका आफन्तसँग भेटघाट गर्दै समवेदना व्यक्त गरेका छन्। बेपत्ता व्यक्तिको खोजीमा चितवन आएका परिवार र आफन्तका लागि होटल संघ चितवनले निःशुल्क खाना तथा बसोबासको व्यवस्था मिलाएको छ।

    यद्यपि, शव पहिचान भइसकेपछि घरसम्म लैजाने प्रक्रिया, आवश्यक कागजात तथा आर्थिक व्यवस्थाबारे स्पष्ट जानकारी नपाउँदा धेरै परिवार अन्योलमा परेका छन्। कोहलपुरबाट बेपत्ता भाइको खोजीमा भरतपुर आएका सुग्रीव थारुले पर्याप्त सूचना र सहजीकरण नपाउँदा समस्या भोग्नुपरेको गुनासो गरे। उनका अनुसार शवको पहिचान र कानुनी प्रक्रिया पूरा भए पनि आर्थिक अभावका कारण शव घरसम्म लैजान कठिन भएको छ। यसैबीच, आर्थिक अभावका कारण शव लैजान नसकेका बाँकेका चौधरी परिवारलाई सहयोग गरिएको छ। शुक्रबार सनाखत भएका कोहलपुर–११ का कबिरलाल चौधरीको शव घरसम्म पुर्‍याउन चितवन प्रशासनको समन्वयमा नेपाल रेडक्रस सोसाइटीले कोहलपुरसम्म पुग्न आवश्यक ६५ लिटर इन्धन उपलब्ध गराउने भएको छ भने बाँकी खर्च एम्बुलेन्स चालक संघले व्यहोर्ने सहमति भएको छ। यस व्यवस्थापछि चौधरीको शव परिवारले घर लैजान पाउने भएको छ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ४.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ५.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.