• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

भोटेकोशी बाढीको ११ औं दिनः १,३४४ शव फेला, पाँच हजार बेपत्ता

  •   शनिबार, भदौ २०, २०८३ मा प्रकाशित
  • फाईल फोटो
    • अ
    • अ
    • अ

    काठमाडौं । गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा खोज तथा उद्धार कार्य आज ११ औं दिन पनि तीव्र रूपमा जारी छ । परराष्ट्र मन्त्रालयले शनिबार दिउँसो २ बजेसम्मको अवस्थाबारे जारी गरेको पछिल्लो विवरण अनुसार बाढीका कारण हालसम्म १ हजार ३४४ जनाको शव फेला परेको छ भने करिब ५ हजार नागरिक अझै बेपत्ता छन् । बेपत्ता हुनेमा ३५ देशका करिब ६ सय विदेशी नागरिकसमेत छन् । मन्त्रालयका अनुसार विपद्पछि हालसम्म ३०० भन्दा बढी विदेशीसहित कुल १३ हजार ९८ जनाको जीवितै उद्धार गरिएको छ ।

    पछिल्लो २४ घण्टामा मात्रै ४ जनालाई जीवितै उद्धार गर्न सफलता मिलेको छ । जसमा माथिल्लो त्रिशूली ३ ‘ए’ को सुरुङबाट २ नेपाली, माथिल्लो त्रिशूली १ बाट १ चिनियाँ नागरिक र बेत्रावतीस्थित एक घरबाट १ नेपाली नागरिक रहेका छन् । यस्तै, त्रिशूली ३ ‘ए’ को सुरुङबाट शुक्रबार थप एक जनाको शव निकालिएको छ । अन्तर्राष्ट्रिय उद्धार टोली र प्राविधिक परिचालनमाथिल्लो त्रिशूली १, माथिल्लो त्रिशूली ३ ‘ए’, ३ ‘बी’, यु २१६ हाकु, चिलिमे तथा लाङटाङ लगायतका क्षतिग्रस्त जलविद्युत् आयोजनाका सुरुङमा नेपाली सेनाको समन्वयमा भारत, चीन र दक्षिण कोरियाका विशेष सुरुङ उद्धार टोलीहरू परिचालित छन् । खोज कार्यलाई प्रभावकारी बनाउन छिमेकी तथा मित्रराष्ट्रहरूबाट प्राप्त अत्याधुनिक उपकरण, ड्रोन र लोड क्यारियरहरूको प्रयोग भइरहेको छ । यसैबीच, अस्ट्रेलियाको १५ सदस्यीय ‘डार्ट’ टोली शुक्रबार र मलेसियाको ११ सदस्यीय ‘स्मार्ट’ टोली शनिबार बिहान काठमाडौं आइपुगेर कार्यक्षेत्रमा खटिएका छन् । हालसम्म २४ वटा उडानमार्फत विभिन्न देश तथा अन्तर्राष्ट्रिय नियोगहरूबाट राहत सामग्री तथा उद्धार टोली नेपाल भित्रिइसकेका छन् ।

    उच्चस्तरीय कूटनीतिक ऐक्यबद्धताविपद्को यस घडीमा प्रधानमन्त्री बालेन्द्र शाह र परराष्ट्रमन्त्री शिशिर खनालसँग विभिन्न मुलुकका समकक्षी तथा विशिष्ट विदेशी कूटनीतिज्ञहरूले टेलिफोन संवाद गरी समवेदना तथा सहयोगको प्रतिबद्धता व्यक्त गरेका छन् । यसै सन्दर्भमा दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युन शनिबार साँझ काठमाडौं आइपुग्दै छन् । नेपालले खोज, उद्धार तथा राहत कार्यका लागि अन्तर्राष्ट्रिय समुदायसँग उच्च क्षमतायुक्त ड्रोन, एलआईडिएआर, बेलीब्रिज, महामारी नियन्त्रण सामग्री, डीएनए परीक्षण किट, शव संकलन ब्याग, ग्राउन्ड पेनेट्रेटिङ रडार, मोबाइल एयर ट्राफिक कन्ट्रोल प्रणालीलगायतका प्राविधिक सामग्री सहयोगका लागि थप अनुरोध गरेको छ ।

    मन्त्रालयका अनुसार गल्छी–त्रिशूली सडक सञ्चालनमा ल्याउन नेपाली सेनाको इन्जिनियरिङ टोलीले तादी खोलामा अस्थायी पुल निर्माणको काम अघि बढाएको छ । स्थानीय आवतजावत सहज बनाउन त्रिशूली इन्द्रेणीघाट र देवीघाटमा दुईवटा तुइन सञ्चालनमा ल्याइएको छ। चीनको केरुङ क्षेत्रमा रहेका नेपालीमध्ये १५५ जना शुक्रबार तातोपानी नाका हुँदै स्वदेश फर्किएका छन् भने थप १२७ जना शनिबार सोही नाकाबाट फर्कने क्रममा छन् ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.