• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ९. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

  • १०. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

भोटेकोशी बाढीको १५ औँ दिनः १,३६७ शव फेला, ५,१०० अझै बेपत्ता,सुरुङ र जलविद्युत् आयोजनाहरूमा तीव्र खोज जारी

  •   बुधबार, भदौ २४, २०८३ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । गत भदौ १०मा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको १५ औँ दिनसम्म उद्धार तथा खोजी कार्य जारी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । रसुवा, नुवाकोट, धादिङलगायत नदी तटीय क्षेत्रमा ठूलो जनधन, सडक, पुल तथा जलविद्युत् पूर्वाधारमा क्षति पुगेको यस विपत्तिमा हालसम्म १,३६७ जनाको शव फेला परेको छ भने ३५ देशका करिब ६०० विदेशीसहित ५,१०० जना अझै बेपत्ता छन् ।

    मन्त्रालयद्वारा बुधबार अपराह्न अद्यावधिक गरिएको विवरणअनुसार, हालसम्म ३०० भन्दा बढी विदेशी नागरिकसहित १३,६४६ जनाको सकुशल उद्धार गरिएको छ । सुरुङभित्रबाट हालसम्म तीन जनालाई जीवितै निकालिएको छ, जसमा माथिल्लो त्रिशूली ३ ‘ए’ को सुरुङबाट दुई नेपाली र माथिल्लो त्रिशूली १ को सुरुङबाट एक चिनियाँ नागरिक रहेका छन् । सुरुङभित्र हराइरहेकाहरूको यकिन संख्या पुष्टि नभए पनि खोजी कार्य जारी छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँगै भारत, चीन र दक्षिण कोरियाका सुरुङ उद्धार टोलीहरू परिचालित छन् । साथै, संयुक्त अरब इमिरेट्स ९यूएई०, मलेसिया र अस्ट्रेलियाका खोज तथा उद्धार टोलीहरू पनि आधुनिक उपकरणसहित फिल्डमा खटिएका छन् ।

    मैलुङ खोला, माथिल्लो त्रिशूली १, ३ ‘ए’, ३ ‘बी’, चिलिमे, रसुवागढी तथा लाङटाङ लगायतका बाढी प्रभावित जलविद्युत् आयोजनाहरूमा समानान्तर रूपमा खोजी र उद्धार भइरहेको छ । उद्धार तथा शव पहिचान कार्यलाई प्रभावकारी बनाउन नेपाल सरकारले अन्तर्राष्ट्रिय समुदायसँग उच्च क्षमताका ड्रोन, लाइडार प्रणाली, बेली ब्रिज, डीएनए परीक्षण किट, अन्डरवाटर ड्रोन, पोर्टेबल जेनेरेटर, ठूला पम्प तथा सुरुङ उद्धार सुट लगायतका सामग्री माग गरेको छ । गल्छी–त्रिशूली सडक खण्डअन्तर्गत देवीघाटस्थित तादी नदीमा एक्रो ब्रिजका १५ वटा बे जडान भइसकेको र बाँकी चार वटाको काम तीव्र गतिमा भइरहेको छ । नेपाली सेनाले ढुङ्गे बुद्ध मन्दिर तलबाट त्रिशूली बजार जोड्ने करिब २५० मिटरको झोलुङ्गे पुल निर्माण थालेको छ भने सडक खुलाउन विभिन्न स्थानमा उपकरणहरू परिचालन गरिएको छ । यस्तै फेला परेका शवहरूलाई विधिविज्ञान (फरेन्सिक) प्रक्रिया पूरा गरी अस्थायी रूपमा गाडिएको छ ।

    मृतकको पहिचानका लागि भारत, चीन, जापान, सिंगापुर र दक्षिण कोरियाका फरेन्सिक टोलीहरूले नेपाल प्रहरीसँग मिलेर काम गरिरहेका छन्। बेपत्ताका आफन्तलाई नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज वा जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न तथा विदेशमा रहेकाहरूलाई नेपाल प्रहरीको इमेलमा डीएनए विवरण पठाउन आग्रह गरिएको छ । उता बाढीका कारण चीनतर्फ रोकिएका नेपालीहरूमध्ये तातोपानी नाका हुँदै हालसम्म ७३६ जना स्वदेश फर्किसकेका छन् भने बुधबार थप ३२ जना फर्किने क्रममा छन् । न्यूज बैंक

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.