• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ६. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ७. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ८. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

चितवन निकुञ्जको मध्यवर्ती क्षेत्रमा पचास हेक्टर वन क्षेत्रमा टाइगर सेन्चुरी

  •   आइतबार, भदौ २८, २०८३ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । समस्याग्रस्त बाघलाई व्यवस्थापन गर्दै पर्यापर्यटनसँग जोड्ने उद्देश्यले यहाँ टाइगर सेन्चुरी बनाउन थालिएको छ । हाल दुई वटा समस्याग्रस्त बाघ राखिएको देवनगरमा २० वटा बाघ राख्न सक्ने गरी टाइगर सेन्चुरी बनाउन लागिएको हो । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको देवनगरमा चालु आर्थिक वर्षदेखि टाइगर सेन्चुरी निर्माणको काम थाल्न रु पाँच करोड बजेट विनियोजन गरिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता डा हरिभद्र आचार्यका अनुसार अहिले भइरहेको होल्डिङ सेन्टरसहित तीन किसिमका संरचना सेन्चुरीमा बनाइने छ । आचार्यका अनुसार खोरभित्र रहेका बाघलाई मचानमा बसेर वा ‘क्लोजब्रिज’बाट हेर्न मिल्ने गरी बाघ राखिने छ ।

    ती बाघलाई घेरिएका संरचना दुई तहको बनाइने छ । जसका कारण भित्रको बाघ बाहिर आउन नसक्ने र बाहिरका जनावर भित्र छिर्न नसक्ने गरी संरचना बनाइने छ । यो होल्डिङ सेन्टरभन्दा धेरै फराकिलो हुने छ । सो वन क्षेत्रमा ५० हेक्टर जमिन लिएर बाँकी भागलाई खुल्ला खोरका रूपमा विकास गरिने प्रवक्ता आचार्यले बताउनुभयो । खोरभित्र जिपमा बसेर मानिसले बाघ अवलोकन गर्न सक्ने छन् । उहाँले भन्नुभयो, “मान्छे खोरभित्र र बाघबाहिर हुने गरी संरचना निर्माण गरिने छ ।” तीन तहमा टाइगर सेन्चुरी बनाउनका लागि यसै आर्थिक वर्षदेखि काम गरिने छ । उहाँका अनुसार ती क्षेत्रमा २० वटा बाघ राख्न मिल्ने गरी संरचना बनाइने छ । बाघलाई एक अर्काको बीचमा बार बनाएर राखिने छ ।

    पूरै काम गर्नका लागि ठूलो खर्च लाग्ने भए पनि थालनी गरिने आचार्यले जानकारी दिनुभयो । समस्याग्रस्त बाघलाई उद्धार गरेर प्राकृतिक वातावरणकै झल्को दिने गरी व्यवस्थापन गर्न लागिएको हो । नेपालमा यस खालको संरचना अहिलेसम्म बनाइएको छैन । विदेशमा टाइगर सेन्चुरी बनाएर त्यहाँ पर्यटक घुमाएर आम्दानी पनि गर्ने गरिएको छ । आचार्यका अनुसार नेपालमा यस खालको सेन्चुरी बनेसँगै बाघको व्यवस्थापन र पर्यटक घुमाएर आम्दानी गर्न सकिने छ । नेपालका विभिन्न ठाउँमा रहेका खोरहरूमा १९ वटा समस्या ग्रस्त बाघ छन् । खोरमा भएकामध्ये सबैभन्दा बढी चितवनमा सात, बर्दिया र चिडियाखानामा पाँचरपाँच वटा, पर्सा र बाँकेमा एकरएक वटा बाघ रहेका चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जापुनले जानकारी दिनुभयो । सबैभन्दा बाघ भएको चितवन राष्ट्रिय निकुञ्जमा नियन्त्रणमा लिनु परेका समस्याग्रस्त बाघ राख्ने खोर नभएपछि अन्यत्र पठाउने गरिएको छ । संरक्षण अधिकृत पुर्जापुनका अनुसार यसै महिना नियन्त्रणमा लिइएको एउटा बाघलाई पर्सा पठाइएको छ । बाघको सङ्ख्या धेरै हुँदै गर्दा समस्या ग्रस्त बाघ बढ्दै गएका छन् । “मानव बस्तीमा पसेर जनधनको क्षति पुर्‍याउने हिंस्रक बाघलाई समस्याग्रस्त मानेर नियन्त्रणमा लिई खोरमा राख्ने गरिन्छ ।

    केही समय राखेर कतिपयलाई पुनः वनमा छोडिन्छ भने कतिपयलाई नमरेसम्म खोरमा राख्ने गरिन्छ”, उहाँले भन्नुभयो । बुढो, घाइते र बिरामी भएर सिकार गर्न नसकेपछि त्यस्ता बाघ मानव बस्तीमा पस्ने गर्दछ । त्यस्ता बाघलाई राखेर व्यवस्थापन र पर्यटकीय गन्तव्य समेत बनाउने उद्देश्यले टाइगर सेन्चुरी बनाउन लागिएकोसंरक्षण अधिकृत पुर्जापुनले जानकारी दिनुभयो । बाघ हेर्ने धेरैलाई रहर हुने गर्दछ । विज्ञहरूका अनुसार कुल बाघको पाँच प्रतिशत हाराहारी प्राकृतिक रूपमा नै समस्याग्रस्त हुने गर्दछन् । पुनका अनुसार अहिले बनाउन लागिएको ‘टाइगर सेन्चुरी’ को संरचनामा बाघ बाहिर जान नसक्ने गरी सीमित जङ्गलक्षेत्रलाई घेरेर कम्पाउन्ड र त्योभन्दा माथि इलेक्ट्रिक फेस जडान, अवलोकनका लागि ठूलाठूला मचान, पानीपोखरी लगायतका संरचना बनाउने योजना छ । राष्ट्रिय बाघ सर्वेक्षण, २०८२ अनुसार नेपालमा बाघको सङ्ख्या ४२९ छ । जसमध्ये चितवनमा १४५, बर्दियामा ११२, पर्सामा ७१, बाँकेमा ५१ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ५० वटा बाघ रहेका छन् । सन् २०२२ को राष्ट्रिय बाघ गणनाअनुसार यो सङ्ख्या ३५५ थियो । सन् २०१० मा १२१ रहेको बाघको सङ्ख्या क्रमशः बढ्दै गएको हो ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.