• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ६. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ७. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ८. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ९. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

भरतपुर महानगरपालिका र भरतपुर अस्पतालबीच शारदानगरमा विशेषज्ञ स्वास्थ्य सेवा सञ्चालन गर्ने सम्झौता

  •   मङ्गलबार, भदौ ३०, २०८३ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । पश्चिम चितवनका बासिन्दालाई सामान्य स्वास्थ्य समस्या तथा स्वास्थ्य बीमासम्बन्धी उपचारका लागि भरतपुर अस्पताल धाउनुपर्ने बाध्यता अन्त्य गर्ने उद्देश्यले भरतपुर महानगरपालिका र भरतपुर अस्पतालबीच विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्ने सम्झौता भएको छ। महानगरपालिका–१९ स्थित शारदानगर स्वास्थ्य चौकीमा क्रमशः विशेषज्ञ स्वास्थ्य सेवा सञ्चालन गर्ने सम्बन्धमा सोमबार सम्झौता–पत्रमा हस्ताक्षर गरिएको हो।

    महानगरपालिकाका कार्यवाहक नगरप्रमुख चित्रसेन अधिकारीका अनुसार शारदानगर स्वास्थ्य चौकीको स्वामित्वमा रहेको २ बिघा ७ कठ्ठा जग्गामध्ये १४ कठ्ठा स्वास्थ्य चौकी र वडा कार्यालयका लागि सुरक्षित राखिनेछ। बाँकी जग्गा प्रचलित कानुन तथा मापदण्ड पूरा गरी आवश्यक नापी प्रक्रिया अघि बढाएर भोगचलनमा दिने सहमति भएको छ।

    महानगरपालिकाले स्वास्थ्य केन्द्रको प्रारम्भिक पूर्वाधार निर्माण तथा उपकरण खरिदका लागि करिब १ करोड रुपैयाँ बजेट छुट्याएको छ। उक्त बजेटबाट एक्स–रे र इन्डोस्कोपी मेसिन खरिद गर्नुका साथै भवन नवीकरण, जाँच कक्ष र प्रशासनिक काउन्टर व्यवस्थापन गरिने अधिकारीले बताए।

    “यो एक हिसाबले नेपालकै पहिलो स्याटेलाइट शैलीको स्वास्थ्य केन्द्र हो,” अधिकारीले भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट (मेसु) डा. विश्वबन्धु बगालेको भनाइ उद्धृत गर्दै भने।

    शारदानगरबाट बालबालिका तथा महिलासम्बन्धी उपचार, हाडजोर्नी परीक्षण, स्वास्थ्य बीमा, प्रयोगशाला र फार्मेसीलगायत सेवा उपलब्ध गराउने योजना छ। शल्यक्रिया वा भर्ना आवश्यक पर्ने बिरामीलाई अन्यत्र पठाउनुको सट्टा भरतपुर अस्पतालमै थप उपचारका लागि ल्याइने व्यवस्था गरिनेछ।

    भरतपुर अस्पतालबाट करिब १६ किलोमिटर पश्चिममा रहेको शारदानगर भौगोलिक रूपमा पनि रणनीतिक स्थान मानिएको छ। माडी नगरपालिकाका बासिन्दाले समेत भरतपुर नआई नजिकैबाट स्वास्थ्य सेवा लिन सक्ने भएकाले यसबाट पश्चिम चितवनसँगै माडी क्षेत्रका नागरिकसमेत लाभान्वित हुने अपेक्षा गरिएको छ।

    डा. बगालेका अनुसार सुरुवाती चरणमा विशेषज्ञसहित ओपीडी, प्रयोगशाला र फार्मेसी सेवा सञ्चालन गरिनेछ। “भरतपुर अस्पतालमा हामीले जुन सेवा दिन्छौं, त्यही सेवा उहाँहरूले त्यहीँ पाउनुहुनेछ,” उनले भने।

    आवश्यकता र सञ्चालन क्षमताका आधारमा सेवा विस्तार गर्दै आकस्मिक, इन्डोर तथा शल्यक्रिया सेवासमेत सञ्चालन गर्ने योजना छ। दीर्घकालमा शारदानगर स्वास्थ्य केन्द्रलाई ठूलो अस्पतालका रूपमा विकास गर्ने लक्ष्य रहेको बगालेले बताए।

    सेवा सञ्चालनअघि सरसफाइ, पहुँचमार्ग, प्रतीक्षालय, सेड तथा वेटिङ एरियालगायत न्यूनतम भौतिक पूर्वाधार तयार गर्ने जिम्मेवारी महानगरपालिकाले लिएको छ। पूर्वाधार निर्माण सम्पन्न भएपछि भरतपुर अस्पतालले आवश्यक विशेषज्ञ जनशक्ति व्यवस्थापन गरी सेवा सञ्चालन गर्नेछ। त्यसपछि केन्द्रको सञ्चालनगत जिम्मेवारी पूर्ण रूपमा भरतपुर अस्पतालले सम्हाल्नेछ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ६.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.