• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ६. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ७. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ८. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ९. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

दूधको मूल्य बढाउन माग गर्दै ज्ञापनपत्र बोकेर चितवनका दुग्ध किसान काठमाडौंमा

  •   बिहिबार, असोज १५, २०८३ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडले दूधको मूल्य बढाउन माग गर्दै कृषि तथा पशुपन्छी विकासमन्त्री, मन्त्रालयका सचिव तथा कृषि तथा प्राकृतिक स्रोत समितिसमक्ष ज्ञापनपत्र बुझाएको छ। चितवनबाट काठमाडौं आएको टोलीले बुधबार कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरी, मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्र र कृषि तथा प्राकृतिक स्रोत समितिका सभापति अशोककुमार चौधरीलाई छुट्टाछुट्टै भेट गरी ज्ञापनपत्र बुझाएको हो।

    संघका अध्यक्ष किशोर बगाले र सचिव कल्याण अधिकारीले संयुक्त रूपमा बुझाएको ज्ञापनपत्रमा किसानले उत्पादन गर्ने दूधको लागत बढ्दै गएकाले सरकारले दूधको खरिद मूल्य पुनरावलोकन गर्नुपर्ने माग गरिएको छ। सरकारले यस अगि २०७९ फागुन १९ गते ४ युनिट फ्याट र ८ युनिट एसएनएफ भएको देखि कच्चा दूधको न्यूनतम मूल्य प्रतिलिटर ६५ रुपैयाँ कायम गरेको थियाे । ज्ञापनपत्रमा केही वर्षदेखि दूधको मूल्य यथावत् रहे पनि पशुपालनमा प्रयोग हुने दाना, चोकर, चिनी, पिना, औषधिलगायत सामग्रीको मूल्य बढेकोले मुल्य बढाउन अावश्यक परेकाे उल्लेख छ। विज्ञप्तीमा भनिएकाे छ ,’उत्पादन लागत बढ्दै जाँदा किसानलाई दुग्ध व्यवसाय सञ्चालन गर्न कठिन भइरहेको छ।’

    संघले कच्चा दूधको खरिद मूल्य वृद्धि गर्नुपर्नेमा सँगै पशु आहारसँग सम्बन्धित कच्चा पदार्थको मूल्यवृद्धिमा नियन्त्रण गर्नुपर्ने, किसानबाट उत्पादित दुग्धजन्य पदार्थमा लाग्ने भ्याट छुट गर्नुपर्ने तथा दूध बिक्री गरेबापत किसानले हरेक १५ दिनमा भुक्तानी पाउने व्यवस्था मिलाउनुपर्ने माग गरेको छ। सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डीडीसी) लगायत निजी डेरी उद्योगले किसानबाट खरिद गरेको दूधको भुक्तानीमा ढिलाइ हुँदा किसान थप समस्यामा परेको संघले जनाएको छ। किसानलाई समयमै भुक्तानी हुने व्यवस्था मिलाउन पनि संघले सरकारको ध्यानाकर्षण गराएको हाे ।ज्ञापनपत्र बुझ्दै मन्त्री चौधरीले मागका विषयमा अध्ययन गर्ने बताइन्। किसानबाट उत्पादित दुग्धजन्य पदार्थमा लाग्ने भ्याट छुटको विषय भने अर्थ मन्त्रालयले रोकेको उनकाे भनाइछ । चितवनमा दैनिक करिब ३ लाख ७५ हजार लिटर दूध उत्पादन हुन्छ। दूधमा आत्मनिर्भर जिल्ला चितवनले आफ्नै दूध बिक्री केन्द्र सञ्चालन गर्नुका साथै पशु आहार तथा दाना उत्पादनलगायतका गतिविधि गर्दै आएको जनाएको छ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ६.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.