काठमाडौँ । कांग्रेसको १५औँ महाधिवेशनको शुभकामना दिन सबै मुख्य दलका नेताहरू खुलामञ्च पुगेका छन्। कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा सुरु भएको छ। केहीबेरअघि सभापति गगन थापाले महाधिवेशनको उद्घाटन गरेका छन्। महाधिवेशनमा शुभकामना दिन सबैजसो दलका प्रमुख नेताहरु खुलामञ्च पुगेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, एमालेका महासचिव शंकर पोखरेल शुभकामना दिन खुलामञ्च पुगेका छन्। त्यस्तै, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन पनि शुभकामनाका लागि गएका छन्। महाधिवेशन सफलताको कामना गर्दै मित्रराष्ट्रका पार्टीहरुले पत्र पठाएका छन्।








