• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ६. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ७. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ८. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ९. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

आँखाको स्वास्थ्यका लागि नियमित परीक्षण आवश्यक

  •   आइतबार, असोज १८, २०८३ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । आँखाको स्वास्थ्यका लागि नियमित परीक्षण आवश्यक रहेको चिकित्सकहरूले बताएका छन् । भरतपुर आँखा अस्पतालका नेत्ररोग विशेषज्ञ डा हिमाल गिरीले आँखाको स्वास्थ्यका लागि विशेषगरी ४० वर्ष उमेर पुगेपछि नियमित परीक्षण आवश्यक रहेको बताउनुभएको छ । उहाँले भन्नुभयो, “आँखालाई सुरक्षित नियमित जाँच गरी समस्या पहिचान गर्नु प्रमुख आवश्यकता हो ।” उहाँका अनुसार उच्च रक्तचाप, मधुमेह र थाइराइडजस्ता रोगले आँखामा असर पार्न सक्ने भएकाले त्यस्ता समस्या भएका व्यक्तिले नियमित आँखा परीक्षण गराउनुपर्छ । आँखामा चोटपटक लाग्न सक्ने जोखिमयुक्त काम गर्ने व्यक्तिले सुरुदेखि सावधानी अपनाउनुपर्नेमा डा गिरीले जोड दिनुभयो ।

    वेल्डिङलगायत काम गर्दा आँखामा चोट लागेमा घरमै बसेर उपचार गर्ने, आँखामा पानी छ्याप्ने वा मेडिकलबाट औषधि किनेर प्रयोग गर्नुभन्दा तत्काल आँखा उपचार केन्द्र वा अस्पतालमा सम्पर्क गर्न उहाँले सुझाव दिनुभयो । हाल मौसमी परिवर्तनका कारण हुने सिजनल एलर्जीबाट आँखामा चिलाउने, रातो हुने तथा आँसु आउने समस्या देखिन सक्ने उहाँले बताउनुभयो । आँखा पाक्ने रोग सरुवा हुने भएकाले सङ्क्रमित व्यक्तिले प्रयोग गर्ने रुमाल, तौलिया, सिरानीलगायत व्यक्तिगत सामग्री अरूले प्रयोग गर्न नहुने उहाँको सुझाव छ । भरतपुर आँखा अस्पतालबाट तीन लाखभन्दा बढीलाई सेवा नेपाल नेत्रज्योति सङ्घ चितवन शाखाद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालले गत वर्ष आफ्ना विभिन्न सेवा केन्द्रमार्फत तीन लाखभन्दा बढी बिरामीलाई आँखा उपचार सेवा प्रदान गरेको जनाएको छ । अस्पतालका बाह्य कार्यक्रम संयोजक एवं सूचना अधिकारी रमेश घिमिरेका अनुसार नेपाल नेत्रज्योति सङ्घका देशभर ४४ शाखामार्फत २८ वटा आँखा अस्पताल सञ्चालनमा छन् ।

    चितवन शाखाद्वारा सञ्चालित भरतपुर आँखा अस्पताल विशेष सेवासहितको केन्द्रीयकृत आँखा अस्पताल हो । उहाँले भरतपुरस्थित मुख्य अस्पतालमा दैनिक ७०० देखि ८०० जनासम्म बिरामी उपचारका लागि आउने गरेका जनाउँदै दैनिक ३० देखि ४० जनासम्मको आँखाको शल्यक्रिया हुने गरेको बताउनुभयो । भरतपुरको ओरालोमा रहेको सिटी क्लिनिकबाट नेत्ररोग विशेषज्ञसहितको टोलीले दैनिक १०० देखि १५० जनासम्मलाई सेवा दिँदै आएको उहाँले जानकारी दिनुभयो । अस्पतालले पर्साको ठोरी र नवलपरासीको कावासोतीमा सेकेन्डरी आँखा अस्पताल सञ्चालन गर्दै आएको छ । ती अस्पतालमा मोतिबिन्दुको नियमित शल्यक्रिया हुने गरेको छ । सर्लाहीको ईश्वरपुर र नवलपरासीको मध्यविन्दु नगरपालिकास्थित चोरमारामा सर्जिकल सेन्टर सञ्चालनमा छन्, जहाँ महिनामा एकपटक शल्यक्रिया सेवा दिइने गरिएको सूचना अधिकारी घिमिरेले उल्लेख गर्नुभयो । चितवनका सात वटै पालिका तथा नवलपरासीका आठमध्ये सात पालिकासहित बारा, धादिङ र तनहुँका विभिन्न स्थानमा गरी २० वटा आँखा उपचार केन्द्र सञ्चालनमा रहेको घिमिरेले बताउनुभयो ।

    नवलपरासीको बुलिङटारमा पनि हालै आँखा उपचार केन्द्रबाट सेवा सुरु गरिएको उहाँले जानकारी दिनुभयो । गत वर्ष अस्पतालका सबै सेवा केन्द्रमार्फत तीन लाखभन्दा बढीले आँखा उपचार सेवा लिएका र १५ हजारभन्दा बढीको शल्यक्रिया गरिएको उहाँले बताउनुभयो । अस्पतालले समुदायमा आधारित सामाजिक उत्तरदायित्वअन्तर्गत गरिब, विपन्न तथा असहाय बिरामीलाई लक्षित गरी निःशुल्क उपचारसमेत गर्दै आएको छन् । अस्पतालका अनुसार गत वर्ष करिब चार हजार ५०० जनाले निःशुल्क सेवा पाएका थिए । डा घिमिरेले भन्नुभयो, “हामी वर्षमा करिब ३० वटा स्थानमा पुगेर शल्यक्रिया शिविर गर्छौं भने करिब १५० वटा स्क्रिनिङ शिविर सञ्चालन गर्छौँ । स्क्रिनिङ शिविरबाट पहिचान भएका बिरामीलाई यहाँ ल्याएर शल्यक्रिया गर्छौँ ।” उहाँका अनुसार मोतिबिन्दुको एक व्यक्तिको शल्यक्रियामा अस्पतालको हिसाबले करिब रु नौ हजार खर्च हुने भए पनि सामाजिक उत्तरदायित्वअन्तर्गत लक्षित बिरामीको शल्यक्रिया निःशुल्क गर्ने गरिएको छ ।

    अस्पतालले उपचार सेवासँगै आँखा स्वास्थ्यसम्बन्धी शैक्षिक कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ९न्याम्स० को सम्बन्धनमा तीन वर्षे अप्थाल्मोलोजी तथा चार वर्षे ‘ब्याचलर इन अप्टोमेट्री’ अध्ययन हुँदै आएको छ । स्कुल अफ हेल्थ साइन्सको सहकार्यमा ‘डिप्लोमा इन अप्थाल्मिक असिस्टेन्ट’को पढाइसमेत सञ्चालनमा रहेको अस्पतालले जनाएको छ । महिला स्वास्थ्य स्वयंसेविका, सामुदायिक सामाजिक अगुवा, विद्यालयका शिक्षक तथा स्वास्थ्य संस्थाका कर्मचारीलाई आँखा स्वास्थ्यसम्बन्धी आधारभूत तालिमसमेत दिइँदै आएको छ । दातृ संस्थाको सहयोगमा ५० वर्षभन्दा माथिका नागरिकको घरघरमै पुगेर आँखा परीक्षण गर्ने तथा आवश्यक परेका बिरामीलाई अस्पताल ल्याउने वा मोबाइल भ्यानमार्फत घरमै पुगेर सेवा दिने कार्यक्रमसमेत सञ्चालन भइरहेको घिमिरेले जानकारी दिनुभयो ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ६.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.