• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ६. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  •   आइतबार, असोज २५, २०८३ मा प्रकाशित
    • अ
    • अ
    • अ

    गैँडाको । लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ आरले असोज ११ गते नारायणी नदीमा आएको बाढीबाट प्रभावित गैँडाकोट नगरपालिका–२ का नागरिकलाई खाद्यान्न, सरसफाइ सामग्री, भान्साका सामान तथा ओढ्ने–ओछ्याउने सामग्री आज वितरण गरेको छ । लायन्स क्लब्स इन्टरनेसनल फाउन्डेसन (LCIF) बाट EMR29331-325R परियोजनामार्फत प्राप्त सहयोगबाट बाढी प्रभावित परिवारलाई राहत सामग्री उपलब्ध गराइएको हो।

    गत असोज ११ गते नारायणी नदीमा आएको बाढीबाट प्रभावित स्थानीय बासिन्दालाई लक्षित गरी सञ्चालन गरिएको राहत वितरण कार्यक्रममा दैनिक जीवनयापनका लागि आवश्यक विभिन्न सामग्री प्रदान गरिएको थियो। राहत सामग्रीमा पानी शुद्धीकरणका लागि पियुष, महिलाका लागि स्यानिटरी प्याड, सरसफाइका लागि फिनेल, खाना पकाउने डेक्ची, डाडु, पन्यु, कचौरा, गिलास र बाल्टी, त्रिपाल वितरण गरिएको डिष्ट्रिकका डिजाष्टर एण्ड रिलिफ कोअडिनेटर लायन शिबप्रसाद पण्डितले जानकारी दिनुभयो । त्यसैगरी, प्रभावित परिवारलाई ओढ्ने–ओछ्याउने प्रयोजनका लागि कालो म्याट, सिरक, डसना, तन्ना र सिरानी उपलब्ध गराइएको थियो । खाद्यान्नतर्फ चामल, नुन, तेल, मसला र सोयाबिनलगायतका सामग्री वितरण गरिएको हो ।
    राहत वितरण कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले दशैको मुखमा बाढीबाट प्रभावित नागरिकलाई सहयोग पु¥याएकोमा लायन्सको कार्यको मुक्तकण्ठले प्रशंसा गर्नुभयो । विपद्का समयमा प्रभावित परिवारलाई आवश्यक सामग्री उपलब्ध गराउनु मानवीय सेवाको उत्कृष्ट उदाहरण भएको उल्लेख गर्दै उहाँले समुदायप्रति उत्तरदायी भएर गरिने यस्ता कार्यले पीडित नागरिकलाई ठूलो राहत पुग्ने बताउनुभयो ।

    कार्यक्रममा लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ आरका डिष्ट्रिक्ट गभर्नर प्रभाकर पण्डित, निवर्तमान डिष्ट्रिक्ट गभर्नर नवराज सापकोटा, प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर दीपेन्द्रप्रसाद खतिवडा, द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नर कमलप्रसाद श्रेष्ठको उपस्थिति रहेको थियो ।
    त्यसैगरी, पूर्व डिष्ट्रिक्ट गभर्नरहरू सिद्धार्थलाल चुके, दिनानाथ न्यौपाने र रामप्रसाद भट्ट तथा डिष्ट्रिक्ट सचिब पूर्णप्रसाद शर्मा, कोषाध्यक्ष कृष्ण पाण्डे लगायत लायन्सका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो । कार्यक्रममा मझुवा सामुदायिक वन उपभोक्ता संस्थाका अध्यक्ष, नारायणी टोल विकास संस्थाका अध्यक्ष प्रदीप तामाङ तथा विभिन्न लायन्स क्लबका प्रतिनिधि र सदस्यहरूको पनि उपस्थिति रहेको थियो ।

    डिष्ट्रिक्ट ३२५ आरले नारायणी टोल विकास संस्थाअन्तर्गतका करिब २०० घरधुरीलाई राहत सामग्री वितरण गरेको छ । यसअघि बाढीबाट प्रभावितनवलपुरको लघोई क्षेत्रका २० घरधुरीलाई गत असोज २३ गते शुक्रबार राहत सामग्री वितरण गरेको थियो । नारायणी नदीको बाढीबाट प्रभावित विभिन्न क्षेत्रका नागरिकलाई लक्षित गरी डिष्ट्रिक्टले राहत वितरण कार्यक्रम सञ्चालन गरीरहेको छ । बाढीका कारण प्रभावित परिवारको दैनिक जीवनयापनमा कठिनाइ भइरहेको अवस्थामा खाद्यान्न, सरसफाइका सामग्री तथा घरायसी आवश्यकताका वस्तु उपलब्ध गराउँदा उनीहरूलाई तत्कालीन राहत मिल्ने डिष्ट्रिक्ट गर्भनर प्रभाकर पण्डितले बताउनुभयो । लायन्सको यस मानवीय सेवामूलक कार्यले विपद्को समयमा सामाजिक उत्तरदायित्व निर्वाह गर्नुका साथै स्थानीय समुदायसँग सहकार्य र सहयोगको भावना अभिवृद्धि गर्नसमेत योगदान पु¥याएको स्थानियहरुले बताए ।

    गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
    OCEM का तीन विद्यार्थीले सबै सेमेस्टरमा ४.० GPA हासिल गर्दै रचे ऐतिहासिक कीर्तिमान
    भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ६.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.