काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलामा रामहरि खतिवडा र अजयबाबु शिवाकोटीको अग्रता कायमै छ । तीन हजार २८८ मत गन्दा खतिवडा अग्रस्थानमा छन् । खुलामा दुईजना निर्वाचित हुनेछन् । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी मतगणनामा रामहरिले एक हजार ४३९ मत ल्याएका छन् । रामहरिलाई पछ्याउँदै अजयबाबुले एक हजार ४६ मत ल्याएका छन् ।
तेस्रो स्थानका डिल्लीराम सुवेदीले ८२९ मत ल्याएका छन् । चौथो स्थानका देवेन्द्रराज कँडेलले ७१० मत ल्याएका छन् । पाँचौँ स्थानका विकास कोइरालाले ५५८ मत पाएका छन् । छैटौँ स्थानका राजीव ढुंगानाले ५०१ मत पाएका छन् । सातौँ स्थानका रमेशप्रसाद धमलाले ३९४ मत पाएका छन् । आठौँ स्थानका अमृतकुमार अर्यालले ३५० मत पाएका छन् । पुछारमा रहेका विमलराज क्षेत्रीले १३७मत पाएका छन् ।








