• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ६. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ७. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ८. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ९. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • १०. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  •   बिहिबार, असोज २९, २०८३ मा प्रकाशित
    • अ
    • अ
    • अ

    माडी । राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित यस वर्षको कक्षा १२ को परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्न योगदान पु¥याउने भरतपुरस्थित अङ्कुरम् एकेडेमीका विषयगत शिक्षकहरू सम्मानित भएका छन् । शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन तथा ‘ए प्लस’ ग्रेड हासिल गर्ने विद्यार्थीको सङ्ख््या उल्लेख्य बनाउन भूमिका निर्वाह गरेका शिक्षकहरूलाई एक कार्यक्रमका बीच सम्मान गरिएको हो ।

    माडी–६, स्याउलीबासस्थित हिमचुली नेचर फार्मस्टेमा आयोजित कार्यक्रममा माडी–६ का वडाध्यक्ष तथा नगरपालिकाको सामाजिक विकास समिति संयोजक दीपेन्द्र पौडेलले उत्कृष्ट नतिजाका लागि योगदान पु¥याउने शिक्षकहरूलाई सम्मान गरेका हुन् । वडाध्यक्ष पौडेल र विद्यालयका कार्यकारी निर्देशक युवराज पौडेलले संयुक्त रूपमा शिक्षकहरूलाई खादा तथा प्रमाणपत्र प्रदान गर्दै सम्मान गरेका हुन् ।

    कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष पौडेलले विद्यार्थीको शैक्षिक सफलता कुनै एक पक्षको प्रयासबाट मात्र सम्भव नहुने बताए । विद्यार्थीको मेहनत, अभिभावकको सहयोग, शिक्षकको समर्पण र विद्यालयको प्रभावकारी व्यवस्थापनबीचको समन्वयले नै उत्कृष्ट नतिजा हासिल गर्न सकिने उनको भनाइ थियो ।

    उत्कृष्ट नतिजाका लागि निरन्तर मेहनत र जिम्मेवारीपूर्वक शिक्षण कार्यमा संलग्न शिक्षकहरूलाई उनले बधाई तथा शुभकामना व्यक्त गरे । वडाध्यक्ष पौडेलले सम्मानित शिक्षकहरूलाई आगामी दिनमा अझ प्रभावकारी शिक्षण अभ्यास अपनाउँदै शैक्षिक उपलब्धिको स्तर थप उकास्न उनले आग्रह गरे ।

    युवा शिक्षकहरूको ऊर्जा, लगनशीलता र प्रतिबद्धताले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पु¥याउने विश्वाससमेते व्यक्त गरे । सम्मानित हुने शिक्षकहरूमा सोनु अर्याल, सुम एन. खनाल, ई. तेज अर्याल, विज्ञान शर्मा, रवि पौडेल, दिनेश घिमिरे, सरोज दवाडी, सङ्कल्पजङ्ग राणा, सोनियासिंह ठकुरी र रोशन चौधरीलगायत रहेका छन् ।

    उत्कृष्ट नतिजामा योगदान पु¥याउने शिक्षकहरूको सम्मानले उनीहरूलाई थप प्रेरित गर्नुका साथै आगामी दिनमा गुणस्तरीय शिक्षाका लागि अझ जिम्मेवार र प्रतिबद्ध भएर काम गर्न प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ । यस वर्षको कक्षा १२ को परीक्षामा अङ्कुरम् एकेडेमीबाट ११५ जना विद्यार्थी सहभागी भएका थिए । नियमित परीक्षामा ९७.५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए भने मौका परीक्षासमेतको नतिजा समेट्दा विद्यालयका शतप्रतिशत विद्यार्थी उत्तीर्ण हुन सफल भएका हुन् ।

    नियमित परीक्षामा उच्च उत्तीर्ण प्रतिशत हासिल हुनुका साथै ‘ए प्लस’ ग्रेड प्राप्त गर्ने विद्यार्थीको सङख्या उल्लेख्य हुनुले विद्यालयको शैक्षिक उपलब्धिलाई थप मजबुत बनाएको र जिल्लामै यसवर्षको नतिजामा विद्यालय उत्कृष्ट भएको प्राचार्य सुमन पौडेलले जानकारी दिए ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ६.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.