चितवन । कोरोना संक्रमितहरुको उपचारमा खटिने स्वास्थ्यकर्मीहरुको सुरक्षाको लागि चितवनमा कोरोना टेष्टिङ बुथ निर्माण गरिएको छ ।
दारी ग्याङ चितवनले निर्माण गरिएको यो कोराना टेष्टिङ बुथ अर्थात सुरक्षा कवच कोरियाले अपनाएको प्रविधिमा आधारित भएर निर्माण गरिएको हो ।कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई सुरक्षित राख्न ग्लोब वाल सिस्टम उपयोगी हुने भएकोले आँफुहरुले सुरक्षा कवच निर्माण गरेर अस्पताललाई सहयोग गरेको कवच निर्माणका परिकल्पनाकार ईञ्जिनियर सौगात पौडेलले बताउनुभयो ।
पौडेलका अनुसार ग्लोब वाल सिस्टम यसअघि नै विभिन्न ल्याबमा खतरनाक रसायन एवं अन्य विभिन्न परीक्षणमा प्रयोग भइरहेका छन् । कोरोना सन्त्रासका बेला कोरियाले कोरोना शंका गरिएका बिरामीको परीक्षण गर्न यो प्रविधि उपयोगमा ल्याएको हो ।यसरी निर्माण गरिएको प्रविधिले बिरामीसँग प्रतक्ष समर्पक नराखी सिसाभित्रै बसेर परीक्षण गर्न सकिने दारी ग्याङ चितवनका संयोज रेशम अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार बुथबाट पञ्जाको प्रयोग गरी बिरामीको परीक्षण गर्न सकिने छ । एक पटक प्रयोग गर्दा परीक्षणका लागि प्रयोग भएको पञ्जा अर्को परीक्षणको लागि परिवर्तन गर्न सकिन्छ ।
दारी ग्याङ चितवनले बिरामीको परीक्षण गर्दा स्वास्थ्यकर्मीमा भाईरसको संक्रमण गर्न सक्ने सम्भावना हुने हुँदा जोखिम न्यूनीकरण गर्ने उद्देश्यले बुथ निर्माण गरेको हो । यसरि निर्माण गरिएका बुथ भरतपुर सरकारी अस्पतालमा एक र भरतपुर अस्थायी कोरोना अस्पतालमा एक वटा राखिएको छ ।
दारी ग्याङका युवाहरु गोपाल अर्याल, कृष्ण शर्मा, कुशल शर्मा र बिश्वास पौडेलको बिशेष पहल तथा बिभिन्न ब्यत्तिहरुको सहयोगमा कोरोना टेस्टिङ बुथ निर्माण गरेको दारी ग्याङ चितवनका संयोजक अधिकरीले बताउनुभयो ।








