• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ४. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ५. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

फिल्मबाट नपाएको सफलता ‘फुलबुट्टे सारी’बाट पाए-मलिका महत्त

  •   सोमबार, पुष ०६, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । चलचित्र ‘यात्रा’बाट नायिका मलिका महत्तले रंगिन दुनियाँमा पाइला राखिन् । यो चलचित्रले व्यापारिक रुपमा सफलता हात पारेन । तर, मलिकाको कामलाई भने दर्शकले रुचाए । तर, पनि ठूलो संख्यामा दर्शकले नहेरेपछि मलिकाको चर्चा जती हुनुपर्ने हो, सो अनुसार भएन । मलिकाले यो चलचित्र पछि खगेन्द्र लामिछानेसँग नयाँ चलचित्र ‘पानी फोटो’मा काम गरिरहेकी छिन् । लकडाउनका कारण चलचित्रको प्रदर्शन मिति पनि तय हुन सकेको छैन । चलचित्र बजार सुस्ताएको समयमा भिडियो बजार आकाशियो । दैनिक आधा दर्जन भिडियोको निर्माण भएपनि निकै थोरै गीत मात्र दर्शकको मन जित्न सफल भए । यही विचमा, गायिका मिलन नेवारको स्वरमा ‘फुलबुट्टे सारी’ बोलको गीत सार्वजनिक भयो । यो गीत सार्वजनिक भएको छोटो समयमा नै हिट भयो । गीतको भिडियोमा नायक पल शाह र नायिका मलिका महत्तले काम गरेका छन् । मलिकालाई अहिले भिडियोको अफर थुप्रै आउन थालेको छ । चलचित्रबाट नपाएको सफलता एउटा भिडियोबाट पाउनुभएको हो भन्ने प्रश्नमा मलिका भन्छिन्–‘सफलतालाई कुन तरिकाले हेर्ने भन्ने हुन्छ । यसले दर्शकको माया पाएको छ । तर, मैले चलचित्रबाट पनि छुट्टै खालको सफलता पाएकी थिएँ । चलचित्रमा काम गरेपछि मैले धेरै कुरा वुझेँ । चलचित्रबाट बढी सफलता गीतको भिडियोबाट पाएँ भनेर म भन्न चाहन्न । तर, दर्शकले मलाई यो भिडियोमा रुचाउनुभयो । ठूलो संख्यामा दर्शकले मलाई चिन्नुभएको छ ।’ यो गीत चलेपछि मलिकालाई भिडियोको अफर निरन्तर आइरहेको छ । तर, मलिका भने राम्रो अडियो आएको खण्डमा मात्र काम गर्ने योजनामा छिन् । उनले, गीतको अफर प्रशस्तै आएपनि आफूले कुनै पनि भिडियोमा काम गर्ने पक्का नगरेको बताइन् । मलिकाका अनुसार, उनलाई चलचित्रको अफर भने आएको छैन । लकडाउनपछि केही चलचित्रको अफर आएपनि यो गीत हिट भएपछि चलचित्र भन्दा भिडियोबाट नै बढी अफर आएको उनको भनाई छ । मलिकाले यो भिडियोमा चञ्चले यूवतीको भूमिका निर्वाह गरेकी छिन् । उन वास्तविक जीवनमा भने रिजर्भ शैलीकी छिन् । चाडै घुलमिल नहुने, रिजर्भ बस्ने बानी भएकी मलिकाको नयाँ शैलीको अभिनयले दर्शकको मन जितेको छ । मलिका पनि दर्शकले आफ्नो नदेखेको भूमिका यो भिडियोमा हेर्न पाएकाले मन पराउनुभएको बताउँछिन् । मलिका आफ्नो स्वभाव भने ‘यात्रा’ चलचित्रमा आफूले निर्वाह गरेको भूमिका जस्तो रहेको बताउँछिन् ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    २४ दिनमा सकियो ‘मन बिनाको धन–२’को काठमाडौं छायांकन
    ‘पेन्सन पट्टा’को ‘ऐना हेरेर, कपाल कोरेर’ सार्वजनिक

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ४.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ५.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.